loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

भूकम्पपीडितलाई अब तीन लाख रुपैयाँ दिइन्छ : प्रधानमन्त्री
रसुवा, पुस १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले दुई लाख रुपैयाँ दिने भनिएकोमा अब सामूहिक जमानीमा तीन लाख रुपैयाँ दिने बताएका छन् ।

नेकपा एमाले रसुवाको सातौं अधिवेशनको बुधबार सदरमुकाम धुन्चेमा उद्घाट्न गर्दै उनले अहिलेको अवस्थामा भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दल र पक्षहरु एकजुट हुनुपर्ने बताए ।

केरुङ नाकाबाट निकासी–पैठारीको काम सुरु भइसकको भन्दै उनले दुई वर्षभित्र केरुङ–बेत्रावती–गल्छी सडकलाई दुई लेनको पक्की बनाउने प्रक्रिया  पनि सुरु भइसकेको बताए ।

देशलाई एक वर्षभित्र लोडसेडिङमुक्त गर्ने दोहोर्‍याउँदै उनले ‘सबै मिलेर अघि बढ्नुको विकल्प छैन’–भने ।

प्रधानमन्त्री ओलीले बुधबारै रसुवाको लाङटाङमा भूकम्पमा परी मृत्यु भएकाका परिवारजन र विस्थापितहरुसँग भेटघाट पनि गरे ।

साथै, प्रधानमन्त्री ओलीले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई भूकम्प प्रभावितहरुलाई आवश्यक राहत तत्काल दिन निर्देशन दिए ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses