loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सुरक्षित गर्भपतनसम्बन्धी ६२ प्रतिशतलाई जानकारी नै छैन
काठमाडौँ, ४ माघ । सुरक्षित गर्भपतनसम्बन्धी ६२ प्रतिशत महिलालाई यसबारे अझै जानकारी नभएको बताइएको छ । एसिया सेफ एबोर्सन पाटर्नरसिप(एसप), युथ च्याम्पियन एड्भोकेसी नेटवर्क (युथ क्यान) र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा नेपालमा सन् २००२ देखि नै सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिन सुरु गरेपनि यसबारे पर्याप्त जानकारी नभएको बताइएको हो ।


सुरक्षित गर्भपतनसम्बन्धी लामो समयदेखि अध्ययन, अनुसन्धान तथा कार्यक्रम गर्दै आइरहेको कृपा संस्थाका निर्देशन आनन्द तामाङले संस्थाले गरेको अध्ययनअनुसार नेपालका कास्की, तनहुँ, काभ्रे, भक्तपुरलगायत १३ जिल्लामा बढी गर्भपतन हुने गरेको जानकारी दिँदै औषधिद्वारा गरिने गर्भपतनमा नदुख्ने औषधिको अनुसन्धान विभिन्न मुलुकमा भइरहेकाले अब छिट्टै नै पीडादायक गर्भपतनबाट महिलाले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न संस्कार, सामाजिक परम्पराका कारण महिलाले असुरक्षित गर्भपतन गर्न बाध्य हुने भएकाले यसको रोकथामका लागि छोरी जन्माउने आमालाई सरकारले नै आयआर्जनका कार्यक्रम ल्याउन जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

म्यागका अध्यक्ष बबिता बस्नेतले महिलाको यौन तथा प्रजनन् अधिकार स्थापित नभएसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्ने भन्दै यसका लागि महिलालाई सुरक्षित गर्भपतनको अधिकार प्राप्तिमा मिडियाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो 

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses