loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सेल्फी खिच्न खोज्दा दुई युवती नारायणीमा खसे
चितवन,फागुन १६-

नारायणी नदी तिरमा सेल्फी खिच्ने क्रममा दुई जना नदिमा खसेका छन् । नारायणी नदि तिरमा सेल्फी खिच्ने क्रममा गैडाकोटका दुई किशोरी खसेका हुन । तिमध्ये एकजनाको जिवितै गरिएको छ भने अर्की एक जना बेपत्ता छन् । गैडाकोट १६ की १९ बर्षीय नम्रता सापकोटा र १८ बर्षीय स्मिता ज्ञवाली नदिमा खसेका थिए ।

नम्रता सापकोटालाई प्रहरीले उद्धार गरेको छ भने स्मिताको खोजी कार्य जारी छ ।ईलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार दुबै जना अरुणा कलेजका विद्यार्थी हुन् ।नारायणी नदीको किनारामा ढुंगामाथि गएर मोबाइल फोनबाट सेल्फी खिच्न लाग्दा दुवै युवती चिप्लेर नदीमा खसेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासीन्दाले वेपत्ता युवतीको खोजी गरिरहेका छन् ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses