loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

मायालु खोज्दै मलेसिया पुगिन् नन्दिता ?

फोटो :म्युजिक भिडियोमा राघव र नन्दिता । तस्बिर: अन्नपूर्ण

मलेसियामा म्युजिक भिडियोको छायाँकन 

मलेसियाः मलेसियाको मेरुमा रहेको एक कम्पनीमा कार्यरत रहेका आफ्ना प्रेमी  राघव आचार्यलाई भेट्दा नायिका नन्दिता केसी एक पटक खुसीले उफ्रिइन् । 

परदेश लागेपछि फोनमा मात्रै भलाकुसारी हुने आफ्ना प्रेमीलाई साथमै पाएपछि नन्दिता प्रेममय वातावरण भएको ठाउँको खोजीमा लागिन् । 
 
आफ्नी प्रेमिका आफूले श्रम गरिरहेको मलेसियामै आएपछि राघव पनि कम्ता खुसी भएनन् । उनले आफ्नी मायालुलाई लिएर मलेसियाका विभिन्न स्थानमा घुमेनन् मात्रै मायाप्रिती समेत साटे ।
 
मायालुसँग भेटेका राघव पनि चुप बस्न सकेनन र त्यहि मेसोमा ‘तिमीले नै भन्थ्यौ तिम्रो नयन राम्रो’ भन्दै आफ्नी प्रेमिकाको वर्णन गर्न थाले । 
 
प्रेमिल जोडी मलेसियाको मेरुबाट क्वान्तानको समुन्द्रिक तटसम्म घुम्न पुगे । यो दृश्यलार्ई कैद गर्दै थिए निर्देशक शिव विकले । शिवकै निर्देशनमा बन्न लागेको प्रमोद खरेलको गीतको म्युजिक भिडियोको सुटिङ्गको दृश्य थियो माथीको प्रसंग । 
 
मलेसियाका विभिन्न स्थानमा छायांकन गरिएको सो म्युजिक भिडियोमार्फत नै राघव मोडलका रुपमा डेब्यु गरेका हुन् । 
 
‘राघवले डेव्युमै नेपालकी चर्चित नायिकाको साथ पाए’, निर्देशक शिवले भने, ‘राघवमा कलाकारिताको धेरै सम्भावना छ ।’
 
मलेसियामा म्युजिक भिडियो बनाउन आएका शिवले छनौट गरेका मोडल हुन् राघव । कैलालीका राघव मलेसियामै कार्यरत रहेका छन् । डेब्यु म्युजिक भिडियोमा राम्रो काम गरेको बताउने राघवले यही भिडियोलाई सम्भावनाका रुपमा लिएका छन् । 
 
नयाँ कलाकार भए पनि काम गर्न सजिलो भएको निर्देशक विकले जानकारी दिए । म्युजिक भिडियोमा निक्कै मेहनत गरेको आचार्य बताउँछन् । तिर्सना म्युजिकले सो गीत बजारमा ल्याउन लागेको हो । 
 
फोर एस मिडियाको निर्माणमा बनेको सो म्युजिक भिडियाको निर्माण व्यावस्थापन भने जयराम तिम्सिनाले गरेका छन् ।  

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses