यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
म्याग्दीको भकिम्ली–६ डाँडाँखानीका धनबहादुर श्रीष मगर बैदेशिक रोजगारीबाट घर फर्कदा ऋण चुलुम्बै डुवेका थिए । विदेशमा कमाउन गएका श्रीष घर फर्कदा ऋणको पोको बोकेर फर्किए । उनको कमाई खाने पखाईमा बसेका परिवार पनि हिस्स मात्रै परेनन् विदेश जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले समेत दिनरात सताउन थाल्यो ।
चिन्तैचिन्तामा श्रीषले सुरू गरेको बाख्रापालनले ऋण मात्र तिरेनन् अहिले रहरलाग्दो आम्दानी समेत गरिरहेका छन् ।
भकिम्ली–६ डाँडाँखानीका धन बहादुर श्रीष मगर बाख्रापालनमा जिल्लाकै नमुना कृषक बनेका छन् । सानो लगानीबाट बाख्रापालन गरेका श्रीषले निरन्तर बाख्रापालनमा सक्रिय भएर रहरलाग्दो आम्दानी गरिरहेका छन् ।
सन् १९९८ मा बैदेशिक रोजगारका लागि खाडी मुलुक साउदी अरव हुदै लेवनान, सिरिया, कतार लगायत विभिन्न ९ वटा राष्ट्रमा १३ बर्ष विताएर रित्तोहात घर फर्किएका श्रीषले बाख्रपालनबाट घरको ७ लाख ऋण समेत तिरेका छन् । ७० वटा बाख्रा, वित्तल, जमुनापारी, अजमेरी, बोयर लगायतका उन्नत जातका बोका, मौरी पालनका साथै करिव ३० रोपनी जग्गामा उन्नतजातको घाँस खेती गरेका श्रीषले बाख्रापालनबाट पुर्णरुपमा सन्तुष्ट रहेको बताए ।
करिव २ सय बाख्रा पाल्ने लक्ष्य सहित घाँसखेती गरेका श्रीषले दुध विक्री गर्न भैसी र उन्नतजातको गाई समेत पालेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ, राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका श्रीषको फर्म अवलोकन तथा खसी बोका खरिद गर्ने केन्द्र समेत बनेको छ । यसबर्ष उनले तीनवटा करिव १ लाख ५० हजार पर्ने उन्नतजातको बोयर समेत उत्पादन गरेका छन् । हरेकबर्ष आम्दानीलाई दोब्बर बनाउँदै लगेपछि उनलाई जिल्लाकै उत्कृष्ट र नमुना बाख्रापालकको रुपमा समेत हेर्न गरिएको छ ।


0 comments
Write Down Your Responses