loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सरकारद्धारा तीन भारतीयको नेपाली नागरिकता खारेज

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । नागरिकता खारेज हुनेमा भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्र रहेका छन् ।

यस्तै गरी बैठकले गोरखापत्र प्रकाशनको १ सय १५ औं बर्ष प्रवेशको उपलक्ष्यमा सिक्का निकाल्न नेपाल राष्ट्र बैंकलाई स्विकृत दिएको छ । सरकारले केही सहसचिवहरुको सरुवा गर्नुका साथै गरिब घरपरिवार तगा परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्ष पदमा जनकलाल तियारीलाई नियुक्त गरेको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses