loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

लसुन हुनसक्छ स्वास्थ्यका लागि खतरा, सावधान


बिगुल स्वास्थ्य, काठमाडौँ । हाम्रो भान्सामा खानेकुराहरुमा मिठो स्वाद थप्नका लागि धेरै प्रकारका चिजहरुको प्रयोग गर्ने गर्दछौँ । ति मध्ये कतिपयकुरा मानिसको स्वास्थ्यकालागि फाइदाजनक भएपनि कतिपय कुराहरुले नकारात्मक असर पारेको हुन्छ । तर सायदै तपाइहरु मध्ये कतिपयलाई थाह नै नहुन सक्छ कि दैनिक प्रयोग गरीने लसुन कुनै बिषेस रोगिहरुका लागि भने यो उचित हुदैन । यद्धपी लसुन अत्यन्तै गुणकारी खाना हो । धेरै रोगीहरुलाई यसले फाईदा गरेपनी कतिपय रोगिहरुका लागि यो खतराजन्य हुनसक्छ ।

कस्ता रोगिहरु पर्दछन् त लसुन खान नहुने सूचिमा आउनुहोस केही चर्चा परिचर्चा गरौँ ।

 

१. कलेलोको रोगबाट ग्रसीत भएको ब्यक्ति

प्राय मानिसहरु ब्याटेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल तत्वहरु लसुनमा हुने भएकाले हेपाटाइटीस हुने बिरामीहरुका लागि उपयुक्त हुन्छ भन्ने बिश्वास राख्दछन् । तर हेपाटाइटिस यस्तो प्रकारको रोग हो जसका कारणले मानिसको कलेजोमा प्रतिकुल असर पार्ने गर्दछ । यस अर्थमा हेपाटाइटीस को रोगवाट सिकार भएका बिरामीहरुले लसुन खानु उचित भने पक्कै पनि हुदैन । किनकी लसुनको सेवनले पेट तथा आन्द्रामा असर पुर्याउदछ । जसले गर्दा आन्द्रामा प्रदा हुने ग्याट्रीक एसिडको मात्रालाई घटाउछ । यसले गर्दा पाचन प्रणलीमा असर पर्न गई बान्ता हुने तथा रिगंटा लाग्ने लक्षण हरु देखा पर्न थाल्दछ । त्यसकारण पनि हेपाटाइटीस तथा कलेजो संबन्धी रोग भएका बिरामीहरुले लसुन प्रयोग गर्नु उचित हुदैन ।

 
२. झाडापखाला लागेको ब्यक्तिझाडापखालाले सताएको बेला लसुनको सेवन गरेमा यसको पिरो स्वादले आन्द्रालाई नकारात्मक तरिकाले असर पूर्याउन थाल्दछ, जसका कारण आन्द्रामा घाउ भै दिशामा रगत देखिने, बान्ता हुने, कडा तरिकाले पेट दुख्ने तथा टाउको दुखेर रिगंटा लाग्ने जस्ता लक्षणहरु देखा पर्न थाल्दछन् । त्यसैले झाडा पखाला लागेको समय लसुन को प्रयोग गर्नु उचित हुदैन ।

 
३. सर्जरी गर्न लागेको ब्यक्तिकुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाबै देखी लसुनको प्रयोग गर्नु हुदैन । किनकी लसुनको कारणले सर्जरी पश्चात रगत नजम्ने तथा बिस्तारै घाउ पाकेर संक्रमण हुने खतरा बढ्दछ ।

 
४. रक्तचाप कम भएका ब्यक्तिलसुनको प्रयोगले शरीरका नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड नामक यस्तै रसायनहरुलाई निर्माण गर्नमा मद्त पूर्याउछ । यी रसायनका कारणले मुटुलाई आराम दिने काम गर्दछ । उच्च रक्क्तचाप भएका मानिस हरुका लागि लसुन फाइदाजनक भएपनि कम रक्क्तचाप हुनेहरुका लागि यो उचित हुदैन ।. आँखा वा आँखासंग संबन्धीत रोग भएका ब्यक्तिहरु

आँखाका रोगिहरुले लसुनको सेवन गर्नु हानीकारक मानिन्छ । बिशेष त आँखा पाकेको अवस्थामा लसुनले नकारात्मक असर पूर्याउनुका साथै आँखाबाट नै रगत निकाल्न पनि सक्छ । आँखा मा बादल लागेजस्तो हुने, दुख्ने तथा आँखा हुदै टाउको सम्म संक्रमण हुने संभावना अत्यन्तै प्रवल हुन जान्छ । त्यसैले आँखाका रोगिहरुले लसुन प्रयोग गर्नु उचित हुदैन ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses