यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
संघीय गठबन्धनद्धारा सिंहदरबार घेराउ, प्रदर्शनकारीद्धारा माइतीघरमा बसमाथि तोडफोड
काठमाडौँ, २ जेठ - संविधानप्रति विमति जनाउँदै आन्दोलनमा उत्रिएको मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले अहिले सिंहदरबार घेराउ गरेको छ।
राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस अहिले सिंहदरबार क्षेत्रमा पुग्ने क्रम जारी रहेको गठबन्धनका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
उनका अनुसार अहिले हनुमानस्थान र माइतघरतर्फबाट धर्ना दिइएको छ। प्रदर्शनकारीले माइतीघरमा निषेधित क्षेत्र समेत तोडेका छन्। निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको छ।
प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको बस माइतीघरमा तोडफोड गरेका छन्।
धर्नामा मोर्चाका शीर्ष नेता सहभागी रहेका छन्। हनुमानस्थानमा सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेता सहभागी छन्।
गठबन्धनले आज र भोलि सिंहदरबार घेराउ गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। गठबन्धनले हिजो शान्तिवाटिकाबाट सुरु भएको जुलुस ठमेलमा पुगेर सकिएको थियो।
संधिवानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यसअघि तराई केन्द्रित आन्दोलन गरेको थियो। करिव ६ महिनालामो आन्दोलन गर्दासमेत मधेसको माग राज्यले सम्बोधन नगरेको भन्दै मोर्चाले विभिन्न २९ दल सम्मिलत संघीय गठबन्धन बनइ काठमाडौं केन्द्रित आन्दोलन थालेको हो।
मधेसी मोर्चाले मुख्य रुपमा मधेसमा दुई प्रदेश हुनुपर्नेसहित सरकारसँग ११ बुँदे माग राख्दै आएका छन्। मोर्चाका मागका विषयमा यसअघि सरकार र मोर्चाबीच ३६ पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको छैन।
सरकारले मोर्चाको माग सम्वोधन गर्न भन्दै संविधान संशोधनसमेत गरिरहेको छ भने सीमाकंनलगायतका विवादित विषयमा छलफल गर्न भनेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत गठन गरिरकको छ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses