loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

युवालाई पशुपालनमा आकर्षित गर्न रु बत्तीस लाख अनुदान
इलाम, २० मङ्सिर । युवालाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले चालु आवमा गाईभैँसी, बङ्गुर, बाख्रा र कुखुरपालनका लागि रु ३२ लाखभन्दा बढी रकम अनुदान दिने भएको छ । फार्म स्थापना, गोठ सुदृढीकरण, बजार स्थापना तथा उपकरणमा अनुदान दिने भएको हो । तीनवटा साना गाईफार्मका लागि रु दुई लाखका दरले रु छ लाख र १८ वटाभन्दा बढी गाईपालन गरिरहेका ठूला गोठलाई गोठ सुदृढीकरणका लागि रु तीन लाख अनुदान दिइने वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताउनुभयो । 

युवालक्षित पशु विकास कार्यक्रमअन्तर्गत तीनवटा बङ्गुर फार्मका लागि रु तीन लाख अनुदान दिइने पशुसेवा कार्यालयले जनाएको छ । दुईवटा बाख्रा फार्मका लागि रु चार÷चार लाखका दरले अनुदान दिइनेछ । यसका लागि न्यूनतम २० वटाभन्दा बढी बाख्रापालन गरिरहेको हुनुपर्नेछ । विदेशबाट फर्केका र शिक्षित बेरोजगार युवालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै लैजान कार्यालयले अनुदानको व्यवस्था गरेको हो ।

 मासु पसल र डेरी सञ्चालनका लागि दुई÷दुई जनालाई जनही रु दुई लाखका दरले अनुदान दिइने बताइएको छ । पशुको आहारा बनाउन आवश्यक पर्ने च्यापकटर मेसिन खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था रहेको कार्यालयले जनाएको छ । ६३ वटा च्यापकटर पशुसेवा केन्द्रमार्फत र एक सयवटा कार्यालयमार्फत वितरण गरिने जनाइएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses