loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

ओली सरकारले गर्यो भारतलाई टक्कर दिने अर्काे कडा निर्णय


काठमाडौं, १४ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकारले भारतलाई टक्कर दिँदै तीन जना भारतीयको नागरिकता खारेज गरेको छ ।

भारतले मधेसीका माग पुरा गर्न दबाब दिँदै आइरहेको बेला किर्तेगरी नेपाली नागरिकता लिएका तीनै जनाको नागरिकता खारेज गरिएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारतीय नागरिक महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री शेरधन राईले जानकारी दिए ।

रुपन्देहीबाट नागरिकता लिएका उनीहरुले झुटो विवरण पेस गरेको पाइएपछि स्थानीय प्रशासनले खारेजीका लागि मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।

नेपाली जनताहरुले मधेसमा आएका नयाँ नागरिकको नागरिकता छानविन गर्नुपर्ने र किर्ते गरेकाहरुको खारेज गरी फिर्ता पठाउनुपर्ने माग बेला बेला उठाउने गरेपनि अहिले आएर ओली सरकारले छानविन र खारेज प्रक्रिया सुरु गरेको हो ।

यसअघि मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय नागरिक रहेको रहेको र तिनीहरुको सुरक्षा गर्नुपर्ने बताएका थिए । जुन वयान निकै विवादित बनेको थियो ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses