loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

मलेसियामा नेपाली कामदारलाई नि:शुल्क कानुनी सेवा
रामचन्द्र गिरी
बैशाख १५, मलेसिया ।
मलेसियास्थित नेपाली दुतावासले नेपाली कामदारलाई नि:शुल्क कानुनी सेवा तथा परामर्श दिन एक स्थानीय कानुनी संस्थासंग सम्झौता गरेको छ । दुतावासका अनुसार कानुनी सहायता अभावमा कामदारले विभिन्न समस्या भोग्नुपरेकाले यसै साता स्थानीय ’अब्दुल गनि चे मान एण्ड को’ ल र्फमसंग सम्झौता गरिएको हो ।
सम्झौताअनुसार दुतावासले एक बर्षका लागि सेवा शुल्कबापत १९ हजार पाँच सय रिंगिट सो कम्पनीलाई बुझाएको राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले कान्तिपुरलाई बताउनुभयो ।

राजदुत बस्न्यातले भन्नुभयो, ‘अब पीडितले कानुनी सेवा दुतावासमार्फत नै पाउँछन्, कानुनी सेवा लिन पीडितले दुतावासमा निवेदन दिनुपर्दछ । त्यसपछि हामी त्यसबारे बुझेर प्रक्रिया अगाडि बढाउँछौं ।’

सो सम्झौतापछि अब मलेसियामा कानुनी सहायता अभावमा समस्यामा पर्ने नेपालीले कानुनी सेवा पाउने भएका हुन् । मलेसियामा दुतावास स्थापना भएयताको करिब १३ बर्षे अवधिमा नेपालीलाई कानुनी सेवा प्रदान गर्न स्थानीय ‘ल र्फम’ संग सम्झौता गरिएको यो पहिलोपटक हो ।

यसअघि सरकारले रकम नदिँदा कतिपय सामान्य समस्यामा परेकालाई समेत कानुनी सेवा दिन विभिन्न संघ संस्थासंग रकम संकलन गर्नुपर्ने अवस्था थियो । हालसम्म गम्भिर मानिने मुद्दामा पनि रकम अभावले सम्बन्धित मुद्दा हेर्ने वकिल राख्नुपर्दा ठूलो खर्च हुने गरेको छ । कानुनी सेवा उपलब्ध नहुँदा कतिपय नेपाली अनाहकमा महिनौंसम्म समस्यामै अल्झनुपर्ने बाध्यता रहँदै आएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses