यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
धनगढीबाट गएका सबै ट्याङ्करलाई बन्थरा डिपोले तेल दियो | SEE MORE
धनगढी-सुदूरपश्चिम क्षेत्रका लागि इन्धन लिन गएका सबै गाडीहरुमा केही दिनदेखि भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन भरी पठाउन थालेको छ।
अघोषित नाकाबन्दीका कारण एक हप्ताअघिसम्म दैनिक बढीमा चार-पाँच गाडीमा मात्रै इन्धन भरी पठाउने बन्थरा डिपोले चार दिनदेखि इन्धन लिन गएका सबै गाडीमा इन्धन भरिदिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ। 
 बुधबार पेट्रोल र डिजेलका १६ गाडी इन्धन उपलब्ध गराएका उनीहरुले बिहीबार १४ गाडीमा इन्धन भरी पठाएका थिए। यस्तै शुक्रबार चार गाडी भित्रिएकामा शनिबार थप २० गाडीमा इन्धन भरी पठाएको कार्यालयका सूचना अधिकृत शिवराज भण्डारीले जनाए।
अघोषित नाकाबन्दीयता पहिलो पटक जति गाडी पठाए पनि सबैमा लोड गरी दिन थालेको भण्डारीले उल्लेख गरे। इन्धन आयातको परिमाण बढेको भए पनि सुदूरपश्चिममा अझै पनि यसको अभाव भने यथावत रहेको छ।
भित्रिने न्यून परिमाणको इन्धन बिक्री वितरण मङ्सिर पहिलो हप्तादेखि जिल्ला आपूर्ति समितिको निर्णय बमोजिम सुदूरपश्चिममा गर्ने गरिएको छ। 
 उता कैलाली भन्सार कार्यालयले पनि केही दिनदेखि मालबाहक गाडी सहज रुपमा भित्रिइरहेको जनाएको छ। सुरुको अवस्थाको तुलनामा कैलाली भन्सार कार्यालय सीमा नाकाबाट मालबाहक गाडी बिनाअवरोध भित्रिइरहेको कार्यालयका अधिकृत मानप्रशाद विकले बताए।
'सुरुको अवस्थामा दैनिक ५-६ गाडीमात्रै भित्रिने गरेका थिए विकले भने,'केही दिनदेखि दैनिक ५०-६० मालबाहक गाडी भित्रिइरहेका छन्।' रासस
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses