यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
—सिड्नी विश्वका महंगा सहरहरुको सूचीमा पाँचौ स्थानमा परेको छ । इन्टलिजेन्स युनिट (इआईयू)को पछिल्लो अनुसन्धानले उल्लेख गरेअनुसार सिंगापुर विश्वकै सर्वाधिक महंगो सहरमा परेको छ ।विश्वकै पाँच सर्वाधिक महंगा सहरहरुले आफ्नो विरासत कायम राख्दै आएको सो तथ्यांकले जनाएको छ । सिंगापुरसँगै पेरिस, ओस्लो, जुरिच र सिड्नी यसमा छन् । ईआईयूले पछिल्लो वर्ष गरेको सर्भेमा १ सय ३३ वटा विश्वकै अति महंगा सहरहरुको सूची तयार पारेको छ ।
खाद्यान्न, कपडा, अन्य दैनिक उपभोग्य वस्तुलगायत १ सय ६० वटा सेवाप्रदायक वस्तुको आधारमा महंगा सहरहरुको सूची तयार पारेको बताइएको छ । जसअनुसार अमेरिकाको न्युयोर्कभन्दा सिंगापुर ११ प्रतिशत धेरै महंगो छ । त्यस्तै लत्ता कपडाको लागि दक्षिण कोरियाको सियोल अत्याधिक महंगो रहेको सो तथ्यांकमा उल्लेख छ ।
अमेरिकाको न्यूयोर्क १ सय ३३ औँमा परेको छ । धेरै क्षेत्रमा सिंगापूर न्युयोर्कभन्दा महंगो रहेको बुझिएको छ । सवारीको क्षेत्रमा न्युयोर्क भन्दा सिंगापूर तीन गुणा महंगो भएको पनि सो तथ्यांकमा उल्लेख छ । ईआईयूले तयार पारेको सो अनुसन्धान रिपोर्टमा तेल, सवारी साधन, मुद्रा, आईटीलगायतका विषयका आधारमा महंगा सहरको सूची तयार पारिएको बताइएको छ ।
काठमाडौं भने महंगा सहरहरुको सूचीमा १ सय २५ औं स्थानमा रहेको छ । विश्वका १० सर्वाधिक सस्ता शहरहरुमा पाकिस्तानको कराँची र भारतका तीन सहरहरु मुम्बई, बैग्लोर र चेन्नई र नयाँदिल्ली पनि सस्तो सहरहरुको सूचीमा परेका छन् । कराँची १ सय २७ औं, मुम्बई १३१, नयाँदिल्ली १ सय २६ औं, बैग्लोर १ सय ३२ र चेन्नई १ सय २७ मा परेका छन् ।
विश्वका अत्याधिक सस्ता सहर त्यस्तै गरी ईआइयूले विश्वकै अति सस्ता सहरहरुको सूची समेत तयार पारेको छ । पाकिस्तानको राजधानी कराची सबैभन्दा सस्तो सहरमा परेको छ ।



0 comments
Write Down Your Responses