loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

मान्छे सधैं ‘हिट’ फिल्म सबैं ‘फलप’


काठमाडौं—नायिका प्रियंका कार्की सर्वाधिक बढी फिल्ममा काम गर्ने हिरोइनमा पर्छिन । अमेरिकाबाट फर्केदेखि उनले फिल्म नपाएर कहिल्यै फुर्सदिलो हुनु परेको छैन् ।

तर, उनका फिल्महरु न त चर्चाको शिखरमा पुगेका छन् न त कुनैले ब्यवसायिक रुपमा नै बाजी मारेका छन् । ‘सुन्तली’बाहेक प्रियंकाले अभिनय गरेका दर्जनौ फिल्महरु फलप भएका छन् । 

तर, पनि प्रियंकाको फिल्मी करिअर ‘हाइहाइ’ नै छ । उनलाई यसका लागि भाग्यमानी नै मान्नुपर्छ । किनभने, यदि अरु कुनै हिरोइन प्रियंकाको ठाउँमा हुँदी हुन त उनी उहिल्यै कलिउडबाट किनारामा हुतिसकेकी हुने थिइन । 

प्रियंकाको ‘सुन्तली’सँगै ‘वडा नं. ६’, र ‘नाइ न भन्नु ल—३’ पनि ब्यवसायिक रुपमा सफल भएको थियो । तर, ‘सुन्तली’बाहेक अन्य फिल्ममा उनको मुख्य भूमिका थिएन । भलैं, सुपर हिट सिनेमाको सिक्वेल ‘नाइ न भन्नु ल—४’ ले पनि राम्रो ब्यापार गर्न सकेको छैन । हालै रिलिज भएको सिनेमा ‘हाउ फन्नी’ पनि ब्यवसायिक रुपमा नराम्ररी थचारिएको छ । 

लण्डन पुगेर प्रियंका यसैका लागि भनेर लगतै काठमाडौं फर्किइन । तर, उनी फर्के पनि ‘हाउ फन्नी’ हेर्न दर्शकहरु हलमा गएनन् । 

तापनि प्रियंकाको चर्चा आकाशमा छ । उनी सामाजिक सञ्जालमा इन्ट्राग्राममा सर्वाधिक रुचाइएकी नेपाली नायिका हुन् । फेसबुक र ट्वीटरमा पनि प्रियंकाको राम्रै दबदबा छ । उनका स्टाटस र तस्विरहरुले पनि खुबै चर्चा पाउने गरेका छन् । 

कतिसम्म भने हलमा उनको फिल्मको ओरालो यात्रा सुरु भइरहँदा पनि सामाजिक सञ्जालमा प्रियंकाको ‘दमखम’ सधैं उच्च रहने गरेको छ । त्यसैले कतिपयले भन्न थालेका छन्, ‘प्रियंका मान्छे ‘हिट’, फिल्म ‘फलप’ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses