loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

तपाईको भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट भयो
तपाईको भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट भयो आत्तिहाल्नु पर्दैन

यदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।

एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ?

कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ स्मार्टफोनमा पनि । तपाइर्ंले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै सुरक्षित हुन्छ । डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम लाग्न सक्छन् ।

कानूनअनुसार सबै फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ । त्यसैले तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।

त्यसो त तपाईंको फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।(जानकारीका लागी ऑनलाइन खबरबाट साभार गरिएको

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses