यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
२० जेठ, काठमाडौंभएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अहिलेको दलगत शक्ति सन्तुलनभन्दा भिन्न प्रकारको परिणाम आएको छ ।
दलगत आधारमा तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रलाई कर्मचारीको चुनावमा मधेसी मोर्चाले जितेको छ । कर्मचारकिो चुनावमा माओवादी चौथो स्थानमा छ भने मधेसी मोर्चा समर्थक कर्मचारीले तेस्रो स्थान पाएका छन् ।
देशको पहिलो ठूलो दल नेपाली कांग्रेस कर्मचारी टे्रड युनियनको चुनावमा भने एमालेभन्दा पछि परेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेले निजामति कर्मचारीमा पहिलो स्थान हात पारेको छ ।
बुधबार देशैभरि सम्पन्न चुनावबाट एमाले निकटको नेपाल निजामति कर्मचारी संगठन ८० स्थानमा जीत हात पार्दै पहिलो भएको छ ।
कांग्र्रेस निकट नेपाल निजामति कर्मचारी युनियन-संघ) देशभर २७ वटा केन्द्रमा पहिलो भएको छ । यस्तै माओवादी केन्द्र निकट कर्मचारी संघठनलाई उछिन्दै मधेसी मोर्चा निकट नेपाल मधेसी निजामति मञ्च तेस्रो स्थानमा रहेको छ । मञ्चले देशभर ७ केन्द्रमा पहिलो भएको छ ।
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति भने २ केन्द्रमा मात्रै पहिलो भएको छ । बुधबार सम्पन्न निर्वाचनमा देशभरि एक सय १७ वटा केन्द्र तोकिएका थिए ।
राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म एमालेको वर्चश्व
देशका प्रमुख निकायहरु राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एमालेनिकट कर्मचारीहरुको वर्चस्व देखिएको छ ।


0 comments
Write Down Your Responses