loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

बाउले छाडे, आमा पोईला गईंन, म होटलमा भाडा माझ्दै छु


काठमाडौं, १९ जेठ । मुग्लिन थानकोट सडक खण्ड अन्र्तगत आवतजावत गर्ने गाडी सिम्ले पुुगेर रोकिन्छन् । चिटिकक परेका थकाली होटल यात्रुहरु खाजा नास्तामा भुल्छन् । यात्रामा रहेका धेरै यात्रुुले मेसै पाउँदैनन् त्यहि भाडा माझ्दै गरेका कलिला हातहरुको । सडक किनारका चिटिक्कका होटल त्यहि मध्येको एक होटल ‘थकाली भान्छा घर एण्ड तास नमस्ते थकाली’ होटल । त्यहि होटलमा भाडा माझ्दै गरेका भेटिन्छन् करिव १०–११ वर्षजतिका संजिव । गाडी कम हुँदा र होटलमा ग्राहक नहुँदा होटल बाहिरको सानो बगैचामा निहाउरो अनुहार लगाउछन् र ग्राहक पर्खदै हुन्छन् उनी । नुवाकोटबाट काठमाडौंको फर्कर्दै गर्दा तिनै बालक संजिव मेरो नजरमा पर्छन् । म होटलबाट खाँदै गरेको चियाको गिलास सहित बालकको छेउमा आउँछु । तर, उनी एकनासको मलिन अनुहारमा गोडाका औलाले भूइँ खनिरहन्छन् । के भयो भाइ, सन्चो छैन हो ? मेरो आवाज सुनेपछि उनी झस्कदै भन्छन् हो टाउको दुखेको छ । सायद ग्राहक कुर्ने र ग्राहकको टापसँगै आएको आवाजमा यसैगरी आत्तिन बानी परेका होलान उनी । उनलाई उनको घर त्यहि माथिको डाँडोमा पर्छ भन्ने थाहा छ । तर, उनले धेरै भयो घरको बाटो लय गर्न नपाएको । घरमा जानु पनि को भनेर । पिताको हात समातेर हिड्न सिक्ने उमेरमा केहि वर्ष अघि उनलाई उनकी आमा सहित उनका पिताले छाडेर गए । आमाको ममता र प्यारमा स्कुल पढ्न जाने उमेरमा सन्जिवलाई उनकी आमाले पनि छाडिन र अर्कैसँग घरजम गरेर हिडिन । त्यसपछि एक्लै भएका सन्जिव आश्रयका लागि आफ्नो मामाघर पुुगे । उनले धेरै केहि भन्नै पाएनन् । उनले केवल आखाभरी आँसुु पारेर ‘बाउले छोडेर गयो, आमा पोईल गयो’भन्न भ्याए । त्यसपछि निक्कै बेर बोलेनन् । त्यसपछि मैले यहाँ कस्ले काम लगाईदियो भन्दा उनले मामाले भन्ने जवाफ दिए । पढ्न मन छ उनलाई, आफ्नै उमेरका अरु स्कुल गएको हेर्दै टोलाउने उनलाई त्यो होटल छाडेर कतै नजानु है भनेका छन् उनका मामाले । उनी त्यो होटल छाडेर हिड्न पनि सक्दैनन् । कुरा गर्दा गर्दै उनलाई होटलका साहुले बोलाए, उनी डराउँदै कुदे होटल तर्फ । केहि क्षणमा उनी होटमा काम गर्ने उनकै उमेरका केहि बालकसँग उफ्रदै खेल्न थाल्छन् । बालअधिकारका लागि कानुन बनेका छन्, विभिन्न निकाय छ तर सन्जिवजस्ता हजारौं बालबालिका बिभिन्न होटेल र घरका भित्री अँध्यारा कुनामा तथा गाउँका पाखा पखेरामा उज्यालो भविष्यको खोजमा झोक्राईरहेका छन् । बालश्रमिकका कुरा जोडतोडका साथ उठाउने अधिकारकर्मीहरुको बाँच्नका निम्ती आफ्नो बालश्रम बेच्न बिवस बालबालिकाकाहरु कुन कित्तामा पर्छन ?

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses