loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

कपाल झरेर हैरान हुनुहुन्छ ? यसरि प्याजको प्रयोग गर्नुस ठिक हुन्छ

कपाल झर्नु प्राय मनिसहरुको समस्या नै भैसकेको छ । कपाल झर्नी समस्याले कुनै उमेर भन्दैन कपाल जुनसुकै उमेरको मानिसको पनि झर्छ । 

बजारमा कपाल झार्न रोक्ने विभिन्न उत्पादनहरु त पाइन्छन्, तर त्येसले साईड इफेक्ट हुनेगर्छ । तपाइले घरेलु उपाए अपनाउनु भयो भने त्येसले कुनै साईड इफेक्ट नि गर्दैन प्याजको प्रयोगले धेरै फाइदा पुर्याउछ ।

कपाल झर्नबाट रोक्नका लागि प्याजको रस प्रयोग गर्न सकिन्छ । यसले कपाल झर्नबाट रोक्नुका साथै यसका धेरै फाइदाहरु पनि छन् ।
प्याजले नेचुरल कण्डिसनरको काम गर्छ । यसको नियमित प्रयोगले कपालको चमक पनि बढ्दछ । प्याजमा पर्याप्तमात्रामा सल्फर पाइन्छ, जुन ब्लड सर्कुलेसन बढाउन काम आउँछ । साथै प्याजले चायाँ हटाउन पनि मद्दत गर्छ । त्येसो भन्दैमा तपाईंले मनलाग्दी प्रयोग गर्न सक्नुहुन्न, त्यसका लागि सही तरिका अपनाउनु जरुरी हुन्छ । हेर्नुहोस ति तरिकाहरु ।

प्याजको रस र मह- यदि तपाईं कपाल झर्ने र चायाँको समस्याबाट पीडित हुनुहुन्छ भने प्याजको रसमा मह मिसाएर लगाउनु फाइदाजनक हुन्छ । यसले चायाँ हटाउनेमत्रै नभएर कपालको जरालाई मजबुद् बनाउँछ र कपाल छिटो बढ्न पनि सहयोग गर्छ । यो विधिमा तपाईंले प्याजको रस र महलाई बराबरमात्रामा मिलाउनुस् । यस मिश्रणलाई एक घण्टा यत्तिकै रहन दिनुस् । त्यसपछि त्यसलाई लगाउनुस् । त्यसको केही समयपछि मनतातो पानीले पखाल्नुस् ।

प्याजको रस र बदामको तेल- बदामको तेलमा कैयन यस्ता तत्व पाईन्छन्, जसले कपाल झर्ने समस्या हटाउन सहयोग गर्छ । यसको प्रयोगबाट कपाल थप बाक्लो, मुलायम र चमकदार बन्दछ । बदामको तेल उपलब्ध नभए नरिवलको तेल पनि विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।

तातो पानीमा प्याजको रस मिसाएर- तातो पानीमा प्याजको रस मिसाएर लगाउनु पनि कपालका लागि फाइदाजनक हुन्छ । यसले कपाललाई स्वस्थ र बाक्लो बनाउन सहयोग गर्नुका साथै चाया पनि ठिक हुन्छ । यदि तपाइले यी कुराहरुको प्रयोग गर्नुभयो भने तपाइको कपाल झर्ने समस्या छिट्टै ठिक हुन्छ । एजेन्सी

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses