यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
होसियार ! यी ६ प्रकारका खानेकुरा फेरि तताउँदा बिष हुन सक्छन्
सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु पर्दा तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्ने विभिन्न अध्यनले पुष्टि गरेका छन् ।खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्ने सोधकर्ताहरुले बताये४का छन् । कुन-कुन खाना फेरी तताउदा बिष हुन्छन त केहि जानकारी तल दिईएको छ।
१- पालक: पालकमा नाइट्रेट नामक तत्व हुन्छ । जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
२- सलगम: यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।
३- अण्डा: अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।
४- मसरुम (च्याउ): मसरुम(च्याउ) लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।
५- चिकेन: मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।
६- आलु: आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ । किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ । -एजेन्सीको सहयोगमा
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses