loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

राष्ट्रपति अाएकाे विराेधमा जनकपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप हुँदै

पुष १, जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिरोध गरेपछि बिभिन्न स्थानमा प्रहरीले आन्दोलनकारीहरुलाई अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका बिभिन्न स्थानमा सरकार तथा तीन दलविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । 

बिरोध प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले जनकपुरको भानुचोक, जनकचोक र शिवचोकमा अश्रुग्यास प्रहार गरेको छ भने प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भईरहेका छन् । रामजानकी मन्दिरको दर्शन गर्नका लागि राष्ट्रपति बिध्यादेवी भण्डारी जनकपुर आउने जानकारी पाएलगत्तै मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । 

राष्ट्रपति भण्डारीले आज रामजानकी मन्दिरको दर्शन तथा मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । उनकै सुरक्षाका लागि भन्दै जनकपुर आएका दर्शनार्थीहरुलाई मन्दिर परिसरबाट हटाइ स्थान खालि गराईएको छ । जनकपुरमा अहिले कुनै अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा प्रहरी सुरक्षाकर्मी तथा सेना परिचालन गरिएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses