यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
जनकपुर तनावग्रस्त, दर्जन बढी घाइते, मन्दिर प्रांगणमा आगो लगाइयो
जनकपुर, पुस १ । राष्ट्रपति विद्यादेवी भण्डारी मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमीमा सहभागी भएकी छन् ।
राष्ट्रपति भण्डारीले बुधबार जनकपुरको रामजानकी मन्दिरमा पूजा–अर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीले पूजा गरिरहँदा बाहिर मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । 
 विरोधकैबीच राष्ट्रपति भण्डारी जनकपुर पुगेर रामजानकी मन्दिरको दर्शनसमेत गरी काठमाडौं फर्किएकी छन् । तर, राष्ट्रपति भण्डारी फर्किएपछि पनि यहाँ प्रदर्शन जारी छ । स्थिति तनावग्रस्त बनेको छ ।
जानकी मन्दिर अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । त्यसक्रममा एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । 
 प्रदर्शनकारीले जानकी मन्दिरको प्रांगणमा बनाइएको पन्डालमा आगो लगाइदिएका छन् । पन्डाल जलेपछि जानकी विवाहको डोली निकालिने कार्यक्रम अनिश्चित बनेको छ ।
राष्ट्रपति भण्डारीलाई ‘मधेस विरोधी’को संज्ञा दिँदै बुधबार बिहानैदेखि मोर्चाका कार्यकर्ताले मुरली चोक, रामानन्द चोक र जनक चोकमा प्रदर्शन गरेका हुन् ।
 प्रहरी र मोर्चाका कार्यकर्ताबीच जनकचोकमा झडप भएको थियो । प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
स्थितिलाई सामान्य बनाइराख्न जनकपुरका चोक–चोकमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses