loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

दशगजाको धर्ना छाडेर वार्तामा आउनोस् : देउवा | Hamro Khabar
काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दशगजाको धर्ना छाडेर वार्तामा आउन मधेसी दलहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै वरिष्ठ नेता देउवाले दशगजाको धर्नाले निकास नदिने भन्दै चाँडो वार्तामा बस्न मधेसी दलहरुलाई आग्रह गरेका हुन् ।
/>
उनले बन्द, धर्ना र नाकाबन्दीले नेपालीलाई नै अप्ठ्यारो परेको भन्दै वार्तामा नआए मधेसी दललाई नै घाटा हुने चेतावनी दिए ।

नाकाबन्दीका कारण जनताले दुःख पाउँदासमेत सरकार मुकदर्शक भएको भन्दै उनले वार्ता र संवादका लागि सरकार लचिलो हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता देउवाले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डको रुपमा रहेको पर्यटन उद्योग धरासायी भएको भन्दै पार्टीबाट माथि उठेर पर्यटन क्षेत्रको विकासका लागि एकजुट हुन व्यवसायीहरुलाई आह्वान गरे ।

उनले लामो समयदेखिको नाकाबन्दीले पर्यटन क्षेत्र प्रभावित भइरहेको भन्दै यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान संशोधनबाट मात्र मुलुकले निकास पाउने बताए ।

उनले ‘भारतीय नाकाबन्दीभन्दा सरकारले संविधान संशोधनमा गरेको नाकाबन्दी मुलुकका लागि खतरा’ भएको बताए ।

मधेसलाई भारतीय आँखाले हेर्नु बिडम्बना हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग संयोजक किशोरसिंह राठौरले पर्यटनको माध्यमबाट मात्र मुलुकको आर्थिक क्रान्ति सम्भव हुनेमा जोड दिए ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses