loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

गायिका कोमल वलीले खोलिन् पानी उद्योग, ४० लाख लगानी
दाङ, माघ १५ । गायिका तथा सन्चारकर्मी कोमल वलीले तुलसीपुर नगरपालिका–६ गोलौरामा पानी उद्योग खोलेकी छन् ।

‘ओम ड्रिंकिङ वाटर एन्ड ओभरेज’ उद्योगको स्थापना गरी ‘कोमल जल’ नाम दिएर उनले पानीको उद्योगको स्थापना गरेकी हुन् ।

४० लाख रुपैयाँको लगानीमा खोलिएको सो उद्योगमा हाल चारजनाले रोजगारी पाएका छन् । उद्योगको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उद्घाटन गरे ।

वलीले आफू स्थानीय बासिन्दा भएकाले आफ्नो ठाउँको सेवा गर्नका लागि पानी उद्योग खोलेको बताइन् ।

आफ्नो उद्योगबाट बिक्री भएकामध्ये प्रतिबोतल १० पैसा सामाजिक हितमा खर्चगर्ने उनको भनाइ छ ।

कार्यक्रममा हास्यकलाकार जीतु नेपाल, कमल गाउँले, गायिका ऋतु कँडेललगायतका कलाकारले आ–आफना प्रस्तुति राखेका थिए । रासस

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses