loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

जोगबनी नाकामा प्रहरीको कुटाई खाएका राजेन्द्र महतोले आँखाको दृष्टि गुमाए
जोगबनी नाकामा प्रहरीको कुटाई खाएका राजेन्द्र महतोले आँखाको दृष्टि गुमाए

विराटनगर, १५ माघ । जोगबनी नाकामा अवरोध गर्न गएको बेला नेपाल प्रहरीको कुटाईबाट घाईते भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो बाँया आँखाको ज्योति गुमाएका छन् ।
प्रहरीले बल प्रयोग गर्दा टाउकोमा गम्भीर चोट लागेका महतोलाई हाईपर टेन्सन अट्याकपछि बाँया आँखाको रेटिनाको नसा फाटेको र उनको आँखाको दृष्टि गुमेको छ । ब्लड सुगर र रक्तचाप अत्यधिक बढेपछि त्यसको असरले महतोले बाँया आँखाको दृष्टि गुमाएका छन् ।

महतोको आँखाको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा. सञ्जयकुमार सिंहले उनको बायाँ आखाको रेटिनाको नसा फाटेको र रगत जमेकोले गर्दा भिजिबिलीटी जिरो भएको बताए । ‘ब्लडप्रेसर अत्यधिक बढेपछि हाइपरटेन्सन अट्याकका कारण आखामा यो समस्या भएको हो,’ डा. सिंहले भने ।
विराटनगरस्थित रानी नाकामा धर्ना बस्ने क्रममा प्रहरीको कुटाईबाट घाइते भएका महतोको सुगर र ब्लडप्रेसर नियन्त्रण नभएपछि उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । लामो समयसम्म नयाँ दिल्ली स्थित मेदान्ता अस्पतालवाट उपचार गराई फर्केका महतो माघ ६ गते सिरहाको लहानमा फेरि अस्वस्थ्य भएका थिए ।
उच्च रक्तचापका कारण लहानमा अस्वस्थ्य भएका महतो रंगेली घटनाका घाइतेलाई भेट्न धरान पुग्दा एउटा आँखाको दृष्टिमा कडा समस्या भएको थाहा पाएका थिए । महतो रंगेली घटनाका मृतकका परिवारलाई भेट्न गएका बेला बाँया आँखाले हेर्न नसकेको समस्या भएपछि उनी विराटनगर आँखा अस्पतालमा जचाएका थिए ।
विराटनगर आँखा अस्पतालका बरिष्ठ बिशेषज्ञ सिंहको निगरानीमा महतोको आँखाको परीक्षण गरिएको थियो । डा. सिंहले भने, ‘अब पहिले जस्तै त स्पष्ट देख्न सक्नु हुन्न ।

 तर अपरेशनपछि अहिले भन्दा अलि ठीक हुन सक्ने सम्भावना छ। अहिले औषधि दिइएको छ, सुधार भए ठिकै छ नभए अप्रेसन गर्नुपर्ने स्थिति आउँछ ।’ बाँया आँखाको रेटिनाको नसा फाटेर रेटिना वरिपरि रगत जम्मा भई भिजिविलिटी शून्य भएको अवस्था छ ।
दिल्लीबाट काठमाडौं हुँदै बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान आएका वेला माघ ६ गते विरामी परेका महतोलगतै रंगेली घटना भएपछि चारदिन विराटनगर बसेका थिए । रक्तचाप र सुगर नियन्त्रणमा नआएपछि तीनदिन यता सुनसरीको धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान संस्थानका चिकित्सकको निगरानीमा उनले उपचार गराएका छन् ।

‘मेदान्तमा मुल रुपमा टाउकोको चोटको उपचार मात्र भएको थियो, विपी र सुगर बढ्ने क्रमले फेरि समस्या भएपछि धरानमा तीनदिन चिकित्सकको निगरानीमा उपचारसँगै आराम गर्नुभएको छ,’ महतोका एक सहयोगीले भने ।
विराटनगर नाकाको घटनापछि महतोको रक्तचाप र सुगरको स्तर नियन्त्रणमा आउन नसकेको उनले बताए । महतो ३ दिन यता धरानमा चिकित्सको निगरानीमा उपचार गराइरहेको र शुक्रवार साँझ धरानवाट सर्लाही जाने कार्यक्रम रहेको उनले जानकारी दिए ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses