loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

शरीरका यी ७ ठाउँ, जहाँ भुलेर पनि नछुनुहोस : घातक हुनसक्छ |
स्वस्थ बस्नु हरेक मानिसको चाहाना हुन्छ । तर पनि नचाहेरै मानिस विरामी पर्छ वा अस्वस्थ हुन पुग्छ । स्वस्थ हुने चाहाना छ भने तपाईले आफ्नो शरीरलाई धेरै ख्याल गर्नुपर्ने हुन्छ । शरीरका कुनै यस्ता अंगहरु छन् जहाँ नाङ्गो हातले छुनु राम्रो मानिदैन ।

अमेरिकाको एरिजोना राज्यस्थित जुकरम्यान कलेज अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर रेनाल्डले गरेको एक शोधले हाम्रो हातमा हुने जिवाणुका कारण रोगको संक्रमण हुने देखिएको छ ।
हात राम्रोसँग धोएपनि हातमा जिवाणुको संक्रमण तिब्र हुने उनको ठहर छ । त्यसैले शरीरका कतिपय स्थानमा नांगो हातले नछुनु नै राम्रो हुन्छ ।
१.कान
सकेसम्म कानमा औला नछिराउनुहोस र अन्य कुनै चिज पनि नहाल्नुहोस् । कानमा एयर बड प्रयोग गर्दा समेत झिल्लीमा असर पर्न सक्छ । कानमा कुनै समस्या देखिएमा तत्काल चेकजाँच गराउनुहोस् ।
२. अनुहार
कानमा मात्रै होइन औलाले सकेसम्म अनुहारमा पनि नचलाउनुहोस । औलामा हुने जिवाणुहरु अनुहारमा संक्रमण हुनसक्छ । यसले तपाईको अनुहार विगार्न सक्छ । तपाईको औलाको टुप्पामा हुने तेलले अनुहारमा हुने त्वचाको छिद्र बन्द गर्न सक्छ । यसले डण्डीफोर आउने समस्या हुन्छ ।
३.नितम्ब
तपाईले दिसा धोइसकेपछि हातलाई साबुनपानीले राम्रो सँग धुनुपर्छ । मलद्वारको नजिक हुने भागमा नितम्ब सम्म पनि मलद्वारमा हुने जीवाणुको संक्रमण हुनसक्छ ।
४.आँखा
कन्ट्याक्ट लेन्स लगाउँदा वा आँखामा केही हाल्दा औला छिराउनु हुँदैन । यसो गर्दा आँखामा जीवाणुको संक्रमण हुन सक्छ । आँखा चलाउनु परेमा पनि सुरक्षित वस्तुको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
५.मुख
एक सर्वेक्षणअनुसार मानिस कुनै तनावमा परेभने मुखमा औला हाल्ने गर्छन । मानिसहरुले एक घन्टामा औषत २३ पटकसम्म मुखमा औला पु¥याउने गर्छन । यसो गर्नु घातक हुनसक्छ । तपाईको औलामा भएको जीवाणु मुखबाट शरीरमा प्रवेश गर्छ ।
६. नाक
मुख र कान जस्तै नाकमा पनि औला हाल्ने बानी खराब हो । सामान्य समयमा भन्दा नाकमा औला हाल्दा औलामा भएको स्टेफिलोकोकस ब्याक्टेरिया संक्रमण हुने खतरा ५१ प्रतिशत बढी हुन्छ ।
७.नङको छाला
ब्याक्टेलियालाई फैलिनबाट रोक्नका लागि नङ काट्नु राम्रो हुन्छ । तर, नङ सफा गर्दा अर्को नङ वा औलाको प्रयोग भने गर्नु हुँदैन । नङ सफा गर्दा ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । नङको छालामा अर्को औला वा नङ हाल्दा ओनिकोलाइसिसको खतरा हुन्छ । नेपाल सन्देसबाट

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses