यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
यसरी बढ्दैछ सिके राउतको सशस्त्र गतिविधि – बेखबर प्रहरी
देश बिखण्डनको खेलमा लागेका स्वतन्त्र मधेश गठवन्धनका सँयोजक सिके राउतले सुनसरी र मोरङमा आफ्ना गतिविधि सक्रिय बनाउदै गएका छन् । स्रोतका अनुसार राउतले सीमावर्ती १२ गाविसमा गाउँ परिषद गठन गर्दै पटक पटक तालिम दिन आउने गरेको छ ।
राज्य टुक्राउने खेलमा लागेका राउतले यसरी शसश्त्र गतिबिधि दिनहु बढाउँदै लगे पनि नेपाली सुरक्षा निकाय प्रहरी भने बेखबर जस्तै बनेको छ । पछिल्लो समयमा हरेराम मण्डलको सँयोजकत्वमा सुनसरीको पुर्व कुसाहामा गाउँ परिषदको गठन भएको छ । सुनसरीका सँयोजक राम विलास मेहेता जिल्लाको दक्षिणि सिमावर्ती क्षेत्रमा कमिटि निर्माण गर्न जुटेका छन् । स्वतन्त्र मधेश गठबन्धनका तीन मुख्य आधार स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यवस्था र शान्तिपुर्ण एवम अहिंशात्मक मार्ग भए पनि उसका गतिविधिले हतियार समेत प्रदर्शन गर्ने गरेको पाइएको छ ।
तराई टुक्रयाउने योजना सहित अभियान चलाएको भन्दै राउतलाई प्रशासनले पटक पटक पक्राउ गरेको थियो । आफ्नो सँगठन विस्तारलाई तीव्रता दिएका राउतले अब सदरमुकाम केन्द्रित कार्यक्रमको तयारी गरेका छन् । उनको अभियान अन्तर्गत मधेश संसदको माग तथा मधेश देशको नाममा छुट्टै नागरीकताको वितरण गर्ने सम्मको तयारी रहेको सम्बद्ध स्रोतको भनाई छ ।
काठमाण्डौमा रहेको तराई मानव अधिकार सँजालसँग पनि उनले आर्थिक सहयोग लिँदै आफ्नो अभियान चलाउँदै आएको स्रोतको दाबी छ । उक्त संजाललाई एसडब्लुआईसस नामको आइएनजिओले फन्डिङ गर्ने गरेको छ । राष्ट्र विखण्डन गर्ने अभियानमा हिँडेका डा सिके राउतविरुद्ध नेपाल सरकारले राज्यद्रोहको मुद्धा लगाउते तयारी गरेको थियो ।

मुलुकी ऐनको राज्यविप्लव तथा राज्यद्रोह महल अनुसार राष्ट्र विखण्डनको गतिविधि चलाएको पुष्टि भए जन्मकैद सम्मको सजाय हुन सक्ने कानुनी प्रावधान छ । राज्यद्रोह र राज्यविप्लव सम्बन्धी मुद्धा विशेष अदालतले मात्र हेर्नेगर्छ
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley

0 comments
Write Down Your Responses