यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
भारतीय युवाहरुलाई यौन क्रियाकलापका लागि युवती मिलाइदिन ......
३० फागुन, भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाको देवकोटा चोकस्थित एसआर होटलबाट ४ भारतीय युवा र ६ युवतीलाई पक्राउ गरेको छ ।त्यस्तै भारतीय युवाहरुलाई यौन क्रियाकलापका लागि युवती मिलाइदिने थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत फैजावादका सैभाग यादव, विशाल सिंह, राकेश सिंह र अनिल कुमार सिंह रहेको छन् ।
त्यस्तै युवती मिलाइदिनेमा नवलपरासी भुमही १ का रामबहादुर रुचाल र बुटवलस्थित ककटेल रेष्टुरेण्टका सञ्चालक गब्बर श्रीसमगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
होटलमा होहल्ला गरिरहेको प्रहरीलाई सूचना आएपछि उनीहरुलाई होटलबाट शनिवार राति १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए ।
पक्राउ परेकाहरु माथि मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन खबर बाट
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses