loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

कम्पनीले घर जान छुट्टी नदिएको भन्दै कोरियामा एक नेपाली युवाद्धारा आत्महत्या


कम्पनीले घर जान छुट्टी नदिएको भन्दै कोरियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । झण्डै दुइ वर्ष अघि इपिएस मार्फत कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक विजयले घर जान साहुले छुट्टी दिएर प्लेन टिकट पनि काटेका थिए ।


तर साहूका छोराले छुट्टी जान नपाउने भनेपछि त्यही निहुँमा आज अपरान्ह् एक बजे आत्महत्या गरेको बुझिएको छ । खत्री ख्वाङ्जुको टेक्सटाइल कम्पनी कार्यरत रहेको बताइएको छ । आज आइतबार छुट्टीको दिन साथीहरु बजार गएको बेला खत्रीले कम्पनीको होस्टेलको कोठामा आत्महत्या गरेको उनका दाजू समेत रहेका कृष्ण खत्रीले जनाएका छन् । कम्पनीमा तीन जना नेपाली कार्यरत रहेको बु्झिएको छ ।

खत्रीको शवलाई अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र नेपाली दुतावासलाई पनि कम्पनीले जानकारी दिएको मृतकका दाजु कृष्णले जनाएका छन् । कोरियामा पछिल्लो समयमा विभिन्न निहुँमा नेपालीले आत्महत्या गर्ने क्रम बढेको छ । गत महिना पनि आफु डिप्रेसनबाट पिडित रहेको र जिन्दगी देखि बोर लागेको भन्दै सुसाइड नोट लेखेर एक नेपाली युवाले पनि आत्महत्या गरेका थिए ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses