loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

प्रचण्डले हजारौँ नेपालीका अगाडी भारतीय नेतालाई सोधे, नाकाबन्दी हुने गरी के गल्ती गर्‍यौं ?
फाल्गुन २१, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुबाट नाकावन्दी भोग्नु पर्ने गरी के गल्ती भयो भनेर भारतीय नेताहरुलाई प्रश्न गरेका छन् । कांग्रेसको उदघाटन सत्रमा बोल्दै उनले भारतले गरेको नाकावन्दीले नेपाली जनताको मनमा ठेस पुगेको उल्लेख गरे ।

‘हामीले के नाकाबन्दी हुने गरी के गल्ती गर्यौ,’ दाहालले कार्यक्रममा उपस्थित भारतीय सत्तारुढ दलका नेता भगतसिंह कोसियारीको ध्यानाकर्षण गराउँदै भने ‘हाम्रो कुरा भारतीय अन्य नेताहरु समक्ष पुर्‍याइदिनुहोस ।’ उनले नेपालको राजनीतिक परिवर्तनमा छिमेकीको सहयोग र सदभाव जरुरी रहेको चर्चा गर्दै भने ‘तर, कहिले काँही छिमेकीबाट हाम्रो भावनामा ठेस लाग्ने गरेको छ ।’



दाहालले राष्ट्र अझै सहज अवस्थामा नपुगिसकेकाले प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको खाँचो रहेको बताए । कांग्रेसको १३ औं महाधिवेशनको उदघाटन सत्रमा बोल्दै उनले देशका लागि यो वर्ष असाधारण रहेको भन्दै राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने उल्लेख गरे । ‘हाम्रा अगाडि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको दायित्व छ,’ उनले भने ‘त्यसका निम्ति राष्ट्रिय एकताको खाँचो छ ।’
कान्तिपुर दैनिकबाट

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses