loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

अङ्ग्रेजीमा बन्ने भो रामायणको कथा

एजेन्सी।

रामायणको कथालाई कैयौँपटक टिभी सिरियल, कार्टून, फिल्म र एनिमेसन फिल्मको माध्यमबाट देखाइएको छ, तर अब विदेशी दर्शकहरूलाई यस कथाको बारेमा उत्तिकै जानकारी दिनका लागि तीन भारतीय युवा फिल्म निर्माताहरूले रामायणलाई अङ्ग्रेजीमा बनाउन गैरहेका छन्।

अमेरिकाका उत्कृष्ट निर्देशक ‘रोनी एलमन’का साथमा निर्देशक विनीत सिन्हा र एस ग्राहमले मिलेर रामायणलाई फेरि बनाउन चाहेका छन् किनकी हिन्दु धर्मका पौराणिक कथाहरूलाई दुनियाको सामुन्ने देखाउनुपर्छ भन्ने उनीहरू विश्वास गर्छन्। फिल्म निर्माताहरूको दाबी छ कि आधुनिक प्रविधिको मद्दतबाट यस फिल्मलाई हलिउडका फिल्म ‘लर्ड अफ द रिङ्ग्स’ र ‘प्यानेट अफ द एप्स’ भन्दा पनि राम्रो बनाउन सकिन्छ।

विनीतले भने, “हलिउड, जापा र चीनमा ब्याटम्यान, सपुरम्यान, स्टार वार्स र पोकेमन जस्ता फिल्महरू बने र सारा दुनियालाई यी चलचित्रहरूको बारेमा थाहा छ। तर भारतीय कथाहरू यसरी प्रसिद्ध हुन पाएका छैनन्।”

उनले भने कि रामायणको कथालाई ३डी र आइम्याक्सबाट पेश गरिनेछ, तर यसको लागि धेरै खर्च लाग्नेछ र स्टुडियोमा पनि आधुनिक सुविधाहरू हुनु जरुरी छ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses