यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
भावि प्रधानमन्त्री भनिएका शेरबहादुरलाई जेल हाल्ने प्रचण्डको यस्तो घोषणा
काठमाडौं । एकीकृत माओवादी अध्यक्ष प्रचण्ड यतीबेला तनावमा छन् । एमाओवादीका नेताहरुलाई द्धन्द्धकालीन मुद्दाका आधारमा धमाधम पक्राउ गर्ने तयारी भएको भन्दै उनले यसमा आपत्ती समेत जनाउदै आएका छन् ।उनले द्धन्द्धकालीन मुद्दाहरु सत्न निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गर्नुपर्ने बताउँदै आएका छन् । अझ उनले द्धन्द्धकालीन समयमा भउका सबै घटना आफ्नो निर्देशनमा भएकाले ती सबै घटनाको दोष आफुलाई लगाउन र सबै घटनामो जिम्मेवारी लिन आफु तयार रहेको समेत बताउदै आएका छन् ।
सर्बोच्च अदालतले निरन्तर रुपमा द्धन्द्धकालीन घटनाहरको फैसला गर्दै राजनीतिक नेताहरुमाथि नै दोष लगाउन थालेको र आफ्ना पार्टीका नेताहरु फस्न लागेको भन्दै त्यउसको बचाउका लागि प्रचण्ड लागिपरेका छन् ।
द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटना सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्ने भएकाले उजुरी दिन पनि उनले पीडितहरुलाई आग्रह गरिरहेका छन् ।
प्रचण्डले आगोग भन्दा बाहीरबाट समस्या केलाउन थालीए यसले भयावह रुप लिने समेत चेतावनी दिएका छन् । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफुहरुलाई आतंककारी घोषणा गरेको, उक्त अवधिमा मारिएका करिव १७ हजार मध्ये १२ हजार राज्यपक्षबाटै मारिएको भन्दै सबैको एक एक छानबीन गरिए सबैभन्दा पहिले शेरबहादुर देउवा नै जेल जाने घोषणा समेत प्रचण्डले गरेका छन् ।
आफुहरु सरोकारवाला पक्ष भएकाले यो विषय उठाएकाले माओवादी आत्तएिको नभै जिम्मेवारी बोध गरेको उल्लेख गर्दै प्रचण्डले यस्ता विषयलाई अनावश्यक उचालिए कांग्रेस र एमालेलाई नै घाटा लाग्ने बताएका छन् ।
उनले द्धन्द्धकालमा सेनाले सयौं निदोष महिलामाथि बलात्कार लगायत शोषण गरेको बताउँदै आफुहरुले त्यस्तो गरेको भए देखाउन पनि चुनौति दिए । उनले सल्य निरुपण तथा मेलमिलाप आयोगलाई निर्वाध रुपमा काम गर्न दिनसकीए सबैले न्याय पाउने पनि बताए । साभार नेपाल संदेश बाट -
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses