loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

हतियार सहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीहरु मुक्त

भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हतियारसहित नेपाल प्रवेश गरेका ५ भारतीय प्रहरीलाई कैलाली प्रहरीले २४ घण्टा नियन्त्रणमा राखी सोमबार मुक्त गरेको छ ।

डोटीबाट आइतबार पक्राउ परेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले सोमबार भारतीय राजदूताबासका एक कुटनीतिज्ञ डा. क्याननको रोहबरमा पञ्जाव प्रहरीका डिएसपी गुरुमित सिंहको जिम्मा लगाएको हो । पाँचै भारतीय प्रहरी सोमबारै कैलालीको गौरीफन्टा नाका हुदै पञ्जाब प्रस्थान गरेका छन् ।
यस अघि बुद्ध यएरको प्लाईट काठमाण्डौ–धनगढी उडानबाट सोमबार गेटा विमानस्थल आईपुगेका भारतीय राजदुताबासका प्रतिनिधि डा. क्याननलाई नेपाल प्रहरीले भाडाको लु १ च ४९६६ नम्बरको स्कर्पियो गाडीमा जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको बा १ झ ८७८४ नम्बरको गाडीमा हतियार र बा १ झ ८४४ नम्बरको जिपमा पक्राउ परेकाहरुलाई सिमा नाका पु¥याएर भारतीय प्रहरीको जिम्मा लगाएको हो । निजी भारतीय नम्वरको जिपमा आईतबार गड्डाचौकी नाका हुँदै डोटीको साना गाउँ पुगेका उनिहरुलाई नेपाल प्रहरीले पक्राउ गरि आईतबार राति नै जिल्ला प्रहरी कार्यालय कैलाली पु¥याएको थियो । पञ्जावमा एक डाक्टरको हत्या घटनामा संलग्न भएको आरोपी नेपालीलाई समात्न डोटीको साना गाउँ पुगेका उनीहरुसँग एके ४७ राइफल र गोली थान २५, एक पेस्तोल र त्यस्मा लाग्ने गोली १२ थान बरामद गरिएको थियो ।

प्रहरी अधिकारीका अनुसार पक्राउ परेका पाँच जना भारतीय प्रहरीहरुमा एक जना इन्सपेक्टर, एक सव इन्सपेक्टर, २ हवल्दार र एकजना सिपाही रहेको बुझिएको छ । घटनाबारे पटकपटक बुझ्न खोज्दा प्रहरीले माथिको आदेश भन्दै कुनै सूचना दिन मानेन् । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजय भट्टले केहि बताउन चाहनु भएन ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses