loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

पूर्व राजाले नुवाकोट पुगेर सोधे-'तपाईहरुले साथ दिनुहुन्छ भने देश म सम्हाल्छु'
फोटो :नुवाकोटमा पत्रकारसँग कुरा गर्दै पूर्वराजा शाह । तस्बिर: देवचन्द्र भट्ट नुवाकोटः

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । शनिबार नुवाकोटको बट्टार बजारमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले देशमा शान्ति आउनुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् । ‘तपाईँहरुलाई देशको अहिलेको परिस्थितिबारे थाहा छँदैछ’, पाँच सय वर्ष पुरानो भैरवी मन्दिरमा पत्नी कोमलसहित पूजा गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘देशमा शान्ति आउनुपर्यो ।

 सबैले सुख पाउनुपर्यो । महाभूकम्पको तिथीको भोलिपल्ट आफैंले कार हाँक्दै पत्नी कोमल, बुहारी हिमानी र नाति नातिनासहित आइपुगेका पूर्वराजा शाहले पत्रकारहरुसँगको छोटो कुराकानीमा देशप्रति चिन्ता जनाउँदै अहिलेको अवस्थामा सुधार आउनुपर्ने उल्लेख गरेका हुन् । भैरवी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाहले पाँच किलोमिटर तल बिदुर बजारको रुद्रेश्वर महादेव मन्दिरमा पनि पूजा गरे । त्यहाँ पूजा गरेपछि उनले डेढ किलोमिटर पैदल हिँड्दै स्थानीयबासीसँग भलाकुसरी गरेका थिए ।

 त्यसक्रममा पूर्वराजा शाह र राजतन्त्रका पक्षमा स्थानीयबसीले चर्काे नाराबाजी पनि गरेका थिए । त्यसक्रममा स्थानीयबासीले ‘राजा आउ देश बचाऊ’ र ‘श्री ५ महाराजाधिराज अम्बर रहुन्’ भन्दै नाराबाजी गरेका थिए । पृथ्वी राजामार्गको गल्छी हुँदै आफैं गाडी चलाएर मध्यान्ह १२ बजे नुवाकोट पुगेका ज्ञानेन्द्र पूजापाठ र नागरिक भेटघाट गरी साँझ सवा ५ बजे काठमाडौं फर्किए । महाभूकम्पको वार्षिक तिथीका भोलिपल्ट नुवाकोट आएका उनले आज महाअष्ठमीका दिन गोरखकाली पूजाको अवसरमा भैरवी मन्दिरमा दर्शन गरेका हुन् । उनले यसअघि राजा भएको वर्ष २०५८ असोजमा दसैंको बेलामा भरवी मन्दिरमा पूजा गरेका थिए ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses