यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
सामाजिक सञ्जालमा नयाँ ट्रेण्ड– ‘कि काम गर्न देउ, होइन भने राम्रो विकल्प देउ’
पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न ट्रेण्ड चल्ने गरेको छ । महाभूकम्प उद्दार र राहत, ब्याक अफ इण्डिया, गो होम इण्डियन मिडियालगायतका विषयले सामाजिक सञ्जाल निकै तालिए ।
बाबुराम भट्टराईलाई काम गर्न देऊ र बाबुराम भट्टराईको उछितो काट्ने काम पनि सामाजिक अभियानमार्फनै भयो । गगन थापा, रामकुमारी झाँक्रीदेखि शान्ता चौधारी र सरस्वती सुब्बालाई सेलिब्रेटी बनाउने काम पनि सामाजिक अभियानले नै गरेको हो । गोकर्ण विष्ट र लालबाबु पण्डितलाई पनि सामाजिक अभियानले नै सेलिब्रेटी बनाएको हो ।
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रवादी’ र भद्र सहमति तोड्ने नेपाली कांग्रेसलाई ‘राष्ट्रघाती’को रुपमा चित्रित गरेको पनि सामाजिक अभियानले नै हो । प्रधानमन्त्री ओलीको कामको समर्थन गर्न ‘आई एम वीथ केपी ओली’ ट्रेण्ड पनि खुव चल्यो । अहिले नयाँ ट्रेण्ड आएको छ ‘विकास र निकासको बाटोमा लम्किरहेको यो सरकारलाई कि काम गर्न देउ, होइन भने राम्रो विकल्प देउ, देश बनाउने हाम्रो अभियान ।’


0 comments
Write Down Your Responses