loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

एउटै कार्यालयमा श्रीमान–श्रीमती हुँदा ‘घर जस्तै लाग्छ


 

गुल्मी– आज बुधवार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मत हाल्ने कर्मचारीहरुमध्ये केहि जोडीहरु एउटै कार्यालयमा श्रीमान–श्रीमती रहेकाहरु पनि भेटिए ।

पशु स्वास्थ्य केन्द्र दरवार देविस्थानकी कार्यालय प्रमुख चमेली ज्ञवाली र सोही कार्यालयमा कार्यालय सहयोगी रहेका उनका श्रीमान गोपालप्रसाद ज्ञवाली, धुर्कोट रजस्थल ईलाका हुलाक कार्यालयका हुलाकी ज्ञानकुमार कुँवर र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी उनकी श्रीमती उजेलादेवि कुँवरले आज मतदान गरे ।

त्यस्तै र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कम्युटर अपरेटर शरद पुरी र सोही कार्यालयमा नायव सुब्बा पदमा कार्यरत उनकी श्रीमती लालकुमारी घर्ती ( पुरी ) ले पनि आजसँगै आएर मतदान गरे ।

उनीहरुलगायत धेरैको जवाफ थियो –‘एउटै कार्यालयमा श्रीमान–श्रीमती हुँदा घर जस्तै लाग्छ ।’ प्युठान नारीकोट–४ घर भएका खानेपानीका पुरीले भने, ‘मैले २०६५ सालमा यस कार्यालयमा नियुक्ती पाएको हुँ, उनले हुलाकमा खरिदारको जागिर खाँदै थिईन् । पछि २०६७ सालमा लोकसेवा आयोगको परिक्षामा नायव सुब्बामा नाम निकालिन् र यस कार्यालयमा आईन । त्यसपछि आफूहरुको मन मिल्यो र २०६८ सालमा प्रेम विवाह गरेका हौं ।’

गुल्मीको नेटा दर्लिङ्ग माईती भएकी उनकी श्रीमती लालकुमारीले एउटै कार्यालयमा श्रीमान–श्रीमती हुँदा काममा सघाउ हुने बताउँदै कार्यालय घरै बसे जस्तो लाग्ने गरेको प्रतिकृया दिईन् ।

नातामा त श्रीमान श्रीमती, तर राजनैतिक रुपमा कसले कता भोट हालियो त ? भन्न मिल्छ ? भन्ने प्रश्नमा उनीहरुले हाँस्दै भने– ‘भोट त्यो त नभनौँ । ’

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses