loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

दरबार हत्याकान्डको १५ वर्षपछि राजा वीरेन्द्रका नातिनातिनी नारायणहिटीमा (फोटो फिचर)

काठमाण्डौ । २०५८ जेठ १९ : त्यो कालो दिन नारायणहिटी दरबारमा एउटा अकल्पनीय घटना भयो। त्यतिबेला सर्वसाधारणलाई यो दरबारको वरपर हिँड्नसमेत निषेध थियो।

२०७३ जेठ १९ : १५ वर्षपछि त्यही नारायणहिटी दरबारको गेटमा त्यतिबेला हत्या गरिएका राजा वीरेन्द्रका नातिपुस्ता पहिलो पटक आइपुगे। तर उनीहरुलाई भित्र जान अनुमति थिएन।

गद्दी खोसिएका राजा ज्ञानेन्द्रका छोरा पारसका छोरा ह्रदयेन्द्र, छोरीहरु पूर्णिका र कृतिका मात्र हैन, दरबार हत्याकान्डमा ज्यान गुमाएकी तत्कालीन अधिराजकुमारी श्रुतिकी छोरीहरु गीर्वाणी र सुरङ्गना पनि नारायणहिटीको गेटमा पुगेकी थिइन्।

सुरक्षाकर्मीहरुसहित आएका उनीहरुले नारायणहिटीको गेटमा राखिएका मारिएका राजपरिवारका सदस्यहरुको फोटो मुनि मैनबत्ती जलाए, पुष्पगुच्छा अर्पण गरे। उनीहरु धेरै समय त्यहाँ बिताएनन्। एकछिन आए र गइहाले।

नारायणहिटी दरबार भने कालो थियो। बत्ती बलेको थिएन। शायद् आजको कालो दिनको सम्झनामा कालै थियो यो ठाउँ।


यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses