यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
हृदयघातका कारण एमालेका नेता प्रदीपको निधनले पार्टी शोकमा !!!
हृदयघातका कारण एमालेका नेता प्रदीपको निधनले पार्टी शोकमा !!!काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) केन्द्रीय कमिटीले प्रगतिशील साहित्यकार, जनसांस्कृतिक अभियानकर्मी एवम् नेपाली कम्युनिस्ट आन्दोलनका परिपक्व योद्धा रामप्रसाद प्रदीप’को शुक्रबार साँझ हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गरेको छ । उहाँको निधनबाट नेपाली समाजले प्रतिबद्ध सांस्कृतिक योद्धा र एमालेले असल कार्यकर्ता गुमाउनुपरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले आज शोक वक्तव्य जारी गरी जनाउनुभएको छ ।
विसं २००४ साउन १ गते पिता होमनाथ तथा माता हरिकला पौडेलका कान्छा सुपुत्रका रुपमा पोखराथोक गाविस रयाले, अर्घाखाँचीमा जन्मनुभएका प्रदीपले नेपालको सांस्कृतिक रुपान्तरण र राष्ट्रिय जनसंकृति निर्माणमा महत्वपूर्ण योगदान पु-याउनुभएको तथा मोदनाथ प्रश्रित, जीवराज आश्रित, बुद्धिबहादुर थकालीसँग मिलेर स्थापना गर्नुभएको ‘रेलिमाई सांस्कृतिक अभियान’ले बीसको दशकमा सामन्ती संस्कृति र निरङ्कुश शासनविरुद्ध नयाँ हलचल उत्पन्न गरेको जनाइएको छ । ‘नबिर्स नेपाली हो खोला सुसाएको देश, पराई घरको फूलबारीभन्दा आफ्नै पखेरा बेस’ जस्ता कालजयी गीतका स्रष्टा उहाँका ‘मुलुकभित्र’ नाटक, ‘विस्फोटन’ कवितासङ्ग्रहलगायत कृति प्रकाशित छन् । विसं २०२६ मा नेकपाको सदस्यता प्राप्त गर्नुभएका प्रदीपले आफ्नो राजनीतिक र सांस्कृतिक प्रतिबद्धताका कारण पटक पटक तत्कालीन प्रशासनको धरपकड र यातनाको सामना गर्नुपरेको थियो ।
लामो समयसम्म पत्रकारितासँग आबद्ध उहाँ राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (तत्कालीन राजसाँमञ्च) को संस्थापक केन्द्रीय सदस्य र हाल सल्लाहकार हुुनुहुन्थ्यो । उहाँले प्रगतिशील लेखक सङ्घको कावा अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । उहाँ पार्टीको केन्द्रीय सांस्कृतिक विभागको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो । दुई पटक जनक शिक्षा सामग्री केन्द्रको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुभएका उहाँ कुशल व्यवस्थापक समेत हुनुहुथ्यो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । एमाले केन्द्रीय कमिटीले स्व प्रदीपप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यसैगरी पार्टीले पूर्व पोलिटब्युरो सदस्य, केन्द्रीय सल्लाहकार एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीकी आमा लीलादेवीको उपचारका क्रममा निमोनियाका कारण आज ९० वर्षको उमेरमा भएको निधनको खबरले पार्टी मर्माहत भएको जनाएको छ । निरङ्कुश शासनकालमा लामो समयसम्म आश्रयदाताका रुपमा भूमिगत कार्यकर्तालाई स्नेह र ममता दिनुभएकी अधिकारी पार्टीकी आमाका रुपमा सम्मानित हुनुहुन्थ्यो । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । पार्टीले अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses