यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जर्नादन शर्मा ‘प्रभाकर’ ले यस पटकको बजेट विभेदकारी र असन्तुलित भएको आरोप लगाउँदै यसलाई समर्थन गर्न नसकिने बताएका छन् । उनले बजेटले कर्णाली र सदुरपश्चिम क्षेत्रलाई पूर्णतः विभेद गरेको आरोप लगाएका हुन् ।
व्यवस्थापिका संसद्मा बोल्दै उनले भने, ‘विगतमा बजेट नुवाकोटमा विगतमा नुवाकोटमा बाडिन्थ्यो अहिले झापा र रुपन्देहीमा बाडिएको छ । अब कर्णालीलाई पनि झापा र रुपन्देहीमा सारे हुन्छ ।’ विगतमा नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले नुवाकोटमा धेरै बजेट पार्ने गरेको र यसपटक अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीको गृहजिल्ला झापा र आफ्नो क्षेत्र रुपन्देहीमा बढी बजेट पारेको उनको आरोप थियो । ‘यस्तो बजेटलाई कसरी सन्तुलित भन्ने ?,’ उनले प्रश्न गरे ।
‘कर्णाली र सुदुरपश्चिमलाई हेपियो । त्यसक्षेत्रको मौलिक अधिकार हनन गरियो,’ प्रभाकरले भने, ‘हामी समर्थन गर्न सक्दैनौं ।’
उनले कर्णाली आयोगलाई राष्ट्रिय योजना आयोगको इकाइ बनाइएकोमा पनि आपत्ति प्रकत गरे । त्यसलाई पूर्ण अधिकार दिनुपर्ने उनको माग थियो ।
नेता प्रभाकरले कर्णालीको अपार जलसम्पदालाई सदुपयोग गर्नुपर्ने बताउँदै कर्णालीको जलस्रोत उपयोग गर्ने विषमा बजेटमा नछुट्याएर झुक्याउने काम गरिएको आरोप लगाए । ‘हुम्ला जोड्ने राजमार्गमा समेत बजेट छुट्टइएन,’ उनले गुनासो थियो ।


0 comments
Write Down Your Responses