यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा रेल कुदाउनका लागि सर्भेको काम भईरहेको बताए । प्रम ओलीले काठमाडौंमा रेल कुदाउने सपना देख्दा कतिपयलाई सहीनसक्नु भएको उल्लेख चाँडै काठमाडौंमा रेलको लिक ओछ्याउने आफ्नो सपना पुरा हुने दावी गरे ।
नेपाली झण्डा राखेर पानी जहाज कुदाउने सपना पनि पुरा गर्ने धारणा राखे । राजधानीमा मानव अधिकार एलायन्सले गरेको नागरिक राजनीति सम्बाद कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले जिन्दगी बोनस (नाफा)मा पाएको भन्दै आफु प्रधानमन्त्री रहेसम्म विकास निर्माण र सम्बृद्धिका लागि काम गरिरहने दावी गरे । उनले भने, ‘कोही कराउँदैमा, चिच्याउदैमा आफ्नो गतिबाट पछाडी फर्किन्न । यो कराउने चिच्याउनेको पछि लाग्ने समय होइन् ।

उनले भने ‘देशलाई यो अवस्थासम्म ल्याइपुर्याउन सबै वृद्धवृद्धाहरुको योगदान छ । उहाँहरुले सेकताप नगरेको भए हामी यहाँसम्म आउन सक्ने नै थिएनौं’, ‘बुढाबुढीलाई हेरेर मैले के गल्ती गरें ?’
ओलीले २०७४ मंसीरमा संसदीय निर्वाचन आफूले नै गराउने पनि बताए । उनले भने, ‘२०७४ मंसीरमा चुनाव गराउछ यो सरकारले ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले देश विकासको दिशामा अघि बढेको बताउँदै अब कसैले पनि रोकेर विकास नरोकिने उल्लेख गरे ।
‘मैले बाटो फराकिलो पार्छु, जनताको सेवा गुर्छ, आर्थिक सम्मुनति ल्याउँछु भन्दा किन टाउको दुख्ने,’ उनको प्रश्न थियो । प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने भए आफु प्रधानमन्त्री मात्रै होइन जीवन नै त्यागीदिने घोषणा गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकारले राम्रो काम गरिहरको भन्दै राम्रो काम गर्नेलाई समर्थन गर्न कांग्रेसले सिक्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘मैले कुनै पनि सरकार पाँच वर्ष टिक्नुपर्छ । भनेर के गल्ती गरें,’ कोइरालाले प्रश्न गरिन् । कांग्रेस प्रतिपक्षमा छ भन्दैमा राम्रो कामलाई आलोचना गर्नुको कुनै औचीत्य नभएको धारणा राखिन ।


0 comments
Write Down Your Responses