loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सेल्फीको बहानामा पत्नीलाई नहरमा डुबाएर हत्या



एजेन्सी: सेल्फी लिने बहानामा एक युवकले पत्नीलाई नहरमा डुबाएर हत्या गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लास्थित थाना सरधना क्षेत्रमा एक युवकले सेल्फी लिने बहानामा गंगानहरमा डुबाएर हत्या गरेका हुन् । पुलिसले पत्नीको हत्यामा संलग्न भएको अभियोगमा ती युवकलाई पक्राउ गरिसकेको छ । यसअघि ती युवाले केही लुटेराले लुट्ने क्रममा विरोध गर्दा पत्नीलाई नहरमा धकेलिदिएको जिकिर गरेका थिए । पुलिसले शंका लागेपछि घटनाको अनुसन्धान थालेको थियो । जिल्ला पुलिस प्रवक्ताका अनुसार गिरफ्तार युवक ३० वर्षीय आफताब रहेका छन् । मेरठ शहरको थाना लिसाडी गेट क्षेत्रका बासिन्दा आफताबको बिहे करिब डेढ वर्षअघि सरधना क्षेत्र निवासी २४ वर्षीया आयशासँग भएको थियो । सोमवार दिउँसो आफताब आठ महिनाको छोरोसहित सरधना थानामा पुगेका थिए । आफताबले पुलिससँग मारुति कारमा सवार चारजना युवाले आफूहरुलाई लुट्ने प्रयास गरेको बताएका थिए । लुटपाटका क्रममा पत्नी आयशाले बिरोध गर्नेवित्तिकै कुटपिट गर्दै उनलाई धकेलेर गंगनहरमा धकेलिदिएको बयान उनले दिएका थिए । सूचना पाएपछि पुलिसले गंगनहरबाट आयशाको शव बरामद गरेर घटनाको जाँच थालेको थियो । जाँचका क्रममा घटनामा आफताबको भूमिका शंकास्पद पाइएको थियो । पुलिसले जब उनलाई हिरासतमा लिएर कडाइका साथ सोधखोज गर्यो तब उनले पत्नीको हत्याको कुरा स्वीकारेका थिए । उनले प्रहरीलाई दिएको बयानमा आफैंले पत्नी आयशालाई नहरमा धकेलिदिएर हत्या गरेको बयान दिएका थिए । मृतकाका परिवारजनले घटनासम्बन्धमा आफताब र उनका दाइ शहजादविरुद्ध हत्याको उजुरी दिएका छन् ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses