loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

चितवनमा विप्लव माओवादीले गरे चुनढुङ्गा उद्योगको स्काइभेटर र कर्मचारी बस्ने घरमा आगजनी
भरतपुर, १९ जेष्ठ -  चितवनको कालीका नगरपालीका १ स्थित कोलार भन्ने स्थानमा बिप्लव माओवादी समूहले चुनढुङ्गा उद्योगको स्काइभेटर र कर्मचारी बस्ने घरमा आगजनी गरेका छन् । मंगलबार राति कम्ब्याट पोशाकमा अाएका माओबादी कार्यकर्ताले मेसिन र घरमा आगजनी गरेको जिल्ला प्रहरी चितवनले जनाएको छ । आगजनीबाट मेसिन र घर जलेर क्षति पुगकोे छ । कान्तिपुर दैनिकमा खबर छ।

२०/२२ जनाको समुहमा अाएकाले अागजनी गरी फरार भएको  र उनीहरुबारे अनुसन्धान भइरहेकाे  चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । राजमार्गबाट ३ घण्टाको पैदल दुरीमा रहेको चुनढुङ्गा उद्योगमा रातीनै जिल्ला प्रहरीका डिएसपि दिपक श्रेष्ठको कमाण्डको टोली पुगेको थियो । प्रहरी घट्नास्थल पुग्दा आगजनी गर्ने समुह फरार भइसकेका थिए एसपी कुँवरले भने, ’फरारको खोजी भइरहेको छ ।’ प्रहरीले घट्नाको अनुसन्धान गरेको जनाएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses