यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
किन आएका थिए सिन्धुपाल्चोक, के गरे ?
स्थानीय रतनपुरी माविमा कक्षा तीनसम्म औपचारिक अध्ययन गरेर लामा भाषा पढ्न भारत पुगेका बाराका रामबहादुर बम्जनले १४ वर्षको कलिलै उमेरदेखि तपस्या सुरु गरे । आफ्नै जन्मभूमि नजिकै बाराको हल्खोरिया जंगलबाट ‘बुद्धत्व प्राप्त गर्न’ भनेर झण्डै दश वर्ष अघिदेखि तपस्या सुरु गरेका तपस्वी बम्जन ३२ महिनाअघि सिन्धुपाल्चोकको उत्तरी क्षेत्र बाँडेगाउँ–५ स्थित टोड्केभिर आइपुगे । हेलिकोप्टर चार्टर गरेर उनी जिल्ला आएको खबर चारैतिर हल्लीखल्ली भयो त्यतिबेला ।
विशेषगरी जिल्लामा बौद्ध धर्म मान्नेहरुको खोजीको पात्र बने। बम्जनको दर्शन गर्न बौद्ध धर्म मान्नेहरु मात्र नभई सारा गाउँवासी उल्टिए । तपस्याका लागि ‘शान्त भूमि’ खोज्दै सिन्धुपाल्चोक आएको खबर सर्वव्यापी भए पनि आखिर किन आए बाँडेगाउँमा बम्जन ? यो विषय त्यतिबेला खोजीको विषय बन्यो । त्यतिबेला एक दसकसम्म सिन्धुपाल्चोक बसेर आफूले पाएको ज्ञानलाई लिपिबद्ध गर्न भनेर बसेका उनी किन ३२ महिनामै फर्किए भन्ने आमको चासोको विषय बनेको छ । प्रस्तुत छ बम्जनले तपस्या सुरु गरेदेखि अहिले आएसम्मको रामकहानी र उनी सिन्धुपाल्चोकबाट सर्लाही जानुको कारण ।
२०६२ जेठ २ गते घरबाट एक्कासी हराएका रामबहादुर बम्जन घर नजिकैको हल्खोरिया जंगलमा तपस्यामा लीन भएको बेला भेटिएका थिए । मुलुकमा अशान्ति बढ्दै गएपछि रतनपुरीस्थित हल्खोरिया जंगलमा शान्ति खोज्न भनि निस्केका बम्जनको तपस्या १० वर्ष पुगिसकेको छ । बाराबाट सिन्धुली, सर्लाही, चितवन र फेरि सर्लाही हुँदै उनी सिन्धुपाल्चोकको बाँडेगाउँ आइपुगेका थिए । अहिले फ्रि उनी पहिला बसेको स्थान सर्लाहीको पत्थरकोट गएका छन्


0 comments
Write Down Your Responses