यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
हृदयघातबाट बलिउड हास्य अभिनेता रज्जाक खानको निधन
थुप्रै बलिउड फिल्ममा काम गरेका हास्य अभिनेता रज्जाक खानको निधन भएको छ। बुधबार बिहान १२:३० हृदयघात भएपछि उनको मुत्यु भएको हो। उनले मुम्बईको बान्द्रास्थित एक अस्पतालमा अन्तिम सास फेरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनको निधनमा उनका समकालिन अभिनेता साथीहरूले शोक व्यक्त गरेका छन्। रज्जाक बलिउडका चल्तीका हास्य कलाकारहरूमा पर्थे। उनी शाहरूख खान स्टारर 'बादशाह', सलमान खान स्टारर 'हेलो ब्रदर तथा गोविन्दा अभिनित 'आखियो से गोली मारे' लगायतका फिल्ममा निर्वाह गरेको चरित्रका लागि चर्चा बटुलेका थिए।
९० बढि बलिउड फिल्ममा काम गरेका रज्जाक पछिल्लो समय उनी कपिल शर्माको शो 'कमेडी नाइट्स विथ कपिल'मा 'गोल्डेन भाइ' चरित्रबाट चर्चित बनेका थिए।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses