यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
एजेन्सी । थाइल्याण्डको एउटा बौद्ध गुम्बामा बाघका ४० वटा मृत बच्चा भेटिएका छन् ।
थाइल्याण्डका बौद्ध भिक्षुहरुमाथि अवैध रुपमा वन्यजन्तुहरुको तस्करी र दुरुपयोगमा सम्लग्न भएको आरोप लागिरहेका बेला यति धेरै संख्यामा बाघका बच्चाहरु फ्रिजमा राखेको अवस्थामा भेटिएका हुन् ।
गुम्बाहरुमा रहेका बाघहरुलाई त्यहाँबाट हटाउने योजनाअन्तर्गत सोमबारदेखि प्रहरी र वन्यजन्तुको क्षेत्रमा काम गर्ने अधिकारीहरुले संयुक्त अभियान सुरु गरेका थिए ।
सोही क्रममा एक पत्रकारले ४० वटा मृत बच्चाहरु लाइन लगाएर राखेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि यसले दुर्लभ वन्यजन्तु माघ संरक्षणको क्षेत्रमा काम गर्नेहरुका लाथि अर्को चिन्ता थपिदिएको हो ।
बाघ हेर्नकै लागि थाइल्याण्डको उक्त गुम्बा र चर्चित पर्यटकीय क्षेत्र कञ्चनाबुरीमा हजारौं पर्यटकहरु आउने भएपनि पछिल्लो समयमा सर्वसाधारणका लागि बन्द गरिएको थियो ।
प्रहरी अधिकारी बन्दिथ मेनुङसुखुमले बाघका बच्चाहरु एक दुई दिनको बीचमा मारिएको भन्दै घटनाको सबै छानविनको प्रक्रिया सम्पन्न भएपछि मुद्धा चलाउने बताएका छन् ।
बाघका बच्चाहरु यसरी मारिनुका पछाडि कुनै कारण लुकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चिनियाँ प्राचीन चिकित्सा विधिमा बाघको हड्डीलगायतका अन्य अंगहरु उपयोगी हुने मानिएको छ ।
घटनाका बारेमा गुम्बाका भिक्षुहरुको कुनै आधिकारिक भनाई बाहिर नआएपनि यसअघि देखि नै वन्यजन्तु तस्करीको आरोपलाई भने अस्वीकार गर्दै आएका थिए ।
मन्दिरले फेसबुक पेजमार्फत एक विज्ञप्ती पोस्ट गर्दै मन्दिरमा बाघका बच्चाहरुको मृत्युदर तुलनात्मक रुपमा कम रहेको र तिनीहरु सबैको अन्त्यष्टि गरिने गरेको भएपनि सन २०१० मा वन्यजन्तुको तस्करीको आरोपविरुद्ध प्रमाण राख्ने गरिएको जनाएको छ ।
मन्दिरमा राखिएका बाघहरुलाई हटाउने अभियान अन्तर्गत १३७ वटालाई मन्दिरबाट हटाइएको छ । यद्धपि कतिपय क्षेत्रबाट मन्दिरमा राखिएका बाघ हटाउने कार्यको विरोध भएको छ ।
तर विश्व वन्यजन्तु कोषले यस कार्यको स्वागत गर्दै आगामी दिनमा मन्दिरमा बाघ राख्न थाइ सरकारले निषेध गर्ने अपेक्षा गरेको छ ।
– श्रोत : नेपाल सन्देश डट कम


0 comments
Write Down Your Responses