loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

यी कारणहरुले पनि गर्दा नहुन सक्छ सन्तान


व्यक्तिअनुसार यौनबारे ज्यादै महत्वपूर्ण, आवश्यक, केटाकेटी जन्माउनको लागि मात्र भएपनि आवश्यक वा नभै नहुने कुरा जस्ता फरक धारणा हुनसक्छ । तर, सफल दाम्पत्य जीवनको लागि स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्न सकिन्छ ।

पुरुषहरुमा देखिने विभिन्न यौनसमस्या मध्ये नपुंसकता पनि एक हो ।यौन उत्तेजना वढाउने धेरै खालका औषधी बजारमा आईसकेका छन र ती भन्दा अझ राम्रो औषधीहरुको खोजी भइराखेको छ । औषधी उत्पादक कम्पनीहरुलाई यस्ता यौन उत्तेजना वढाउने औषधीको माग छ भन्ने कुरा थाहा छ । स्वस्थ्य पुरुषमा, पहिले यौनसम्वन्ध राख्दा कुनै समस्या नभएपनि पछि नपुंसकता हुन सक्छ । नपुंसकता नहुनको लागि पुरुषको यौनाङ्गमा रक्तसंचार गर्ने रक्त नलीहरु र नसाहरु स्वस्थ्य हुनु आवश्यक छ ।


कुनै कारणवस यौनाङ्गमा उत्तेजना ल्याउन आवश्यक पर्ने नसाहरुले राम्रो काम गर्न सकेनन भने नपुंसकता हुन सक्छ । यस्तो अवस्था मधुमेहका विरामीहरु र मदिरा पानको लत लागेका पुरुषहरुमा हुन सक्छ । किन कि यी दुवै अवस्थाले विभिन्न नशाहरुलाई असर पारेका हुन्छन र ती मध्ये यौनाङ्गमा जाने नशा पनि पर्दछन । 

अर्थात मधुमेहका विरामीले रोगलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु पर्दछ, मदिरापानको लतवाट बच्न पनि जरुरी छ । खानेवानी र नपुंसकता धेरै हदसम्म अन्तरसम्बन्धीत कुरा हो । रगतका नलीहरुलाई सागुरो गराउने २ वटा मुख्य तत्वहरुमा एउटा कोलेस्टेरोल हो र अर्को निकोटिन (चुरोट) हो । निकोटिन नपुंसकताको एउटा कारण मानिएको छ । चुरोट पिउनेहरुको मुखमा छिटो चाउरी पर्छ वास्तविक उमेर भन्दा बुढो देखिन्छ मुटुमा रक्त संचार गर्ने नलीहरुलाई खुम्चाउछ र ह्दयघात गराउन सक्छ र यौनाङ्गका रक्त नलीलाई खुम्च्चाएर नपुंसक बनाउन सक्छ । 

लिङ्गमा उत्तेजना आउनु भनेको लिङ्गमा रगतको राम्रो संचार हुनु हो र रगतका नलीहरु खुम्चिएर आवश्यक मात्रामा रगतको प्रभाह हुन सकेन भने लिङ्गमा हुनु पर्ने उत्तेजना र कडाइपन हुदैन र कडाइपन नै नभएको लिङ्गवाट यौन सम्वन्ध सफल हुन सक्दैन । त्यस्तै गरेर रगतका नलीहरुमा वोसोको लेउ लाग्यो भने रगतको नली साघुरीदै जान्छन । वोसोको लेउ लाग्ने भनेको कोलेस्टेरोल हो । कोलेस्टेरोल हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व हो तर चाहिने भन्दा यसको मात्रा वढी भयो भने यसले रगतका नलीहरुलाई साघुरो बनाउँदै जान्छ । रगतका नली साघुरिएर ७०% वा ८०% ब्लक भएका छन र मुटुमा रगत पु¥याउन सकेका छैनन भन्ने हामीले सुन्ने गरेका छौ । मुटुमा राम्रोसँग रगत संचालन भएन भने ह्दयघात हुन्छ । 

त्यस्तै गरेर यौनाङ्गमा जाने रक्तनलीले यौन सम्वन्ध राख्ने इच्छा भएको वेलामा आवश्यक मात्रामा रगत लिङ्गमा पु¥याउन सकेनन भने नपुंसकता हुन्छ । यहि कुरालाई अर्को तरिकाले पनि भन्न सकिन्छ रगतमा कोलेस्टेरोलको मात्रा धेरै छ भने रगतको नलीहरु साघुरीन्छन र नपुंसकताको साथै अन्य विभिन्न स्वास्थ्य समस्याहरु आउन सक्छन ।

मानिसले चाहना राखेमा चुरोट नपिउन सक्छ र खानेकुरामा विशेष ध्यान दियौ भन कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै गरेर मानसिक तनावलाई सकेसम्म कम गर्न सक्यो भने तनावका कारण हुनसक्ने यौनसमस्या पनि हुदैनन । धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त वढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्नसक्ने शक्ति कम गर्छ । अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्वन्धि रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदी हुन । मांसहारी भोजन खास गरेर रातो मासु र धेरै वोसो भएको मासुले कोलेस्टेरोल बढाउछ । त्यस्तै गरेर घिउ, नौनी, चीज र विभिन्न प्रकारका तेलहरुले कोलेस्टेरोल बढाउँछन । 

यसको मतलव यी पदार्थहरु खानै नहुने भन्ने भने होइन । सकभर रातो मासु र घिउको चिल्लो नखाएको राम्रो । तेलहरु सकेसम्म कम खानु उपयुक्त हुन्छ । यसका साथै भुटेको र तारेको खानाहरुमा धेरै चिल्लो हुनेहुँदा नखानु राम्रो हुन्छ । शाकाहारी भोजन स्वास्थ्यको लागि लाभदायक हुन्छ । शाकाहारी खानाहरु जस्तै चामल, दाल, आलु, गेडागुडीहरु, हरियो सागपात, तरकारीहरु, फलफूलहरु, चिल्लो नभएको दुध, दही, आदी खाँदा कोलेस्टेरोल बढ्दैन । शाकाहारी खाना खानाले कोलेस्टेरोल बढेका कारण नपुंसकता भएको रहेछ भने हट्छ । नपुंसकता मात्र होइन यस्तो खाना खानाले वजन घटाउन, ब्लड प्रेसर घटाउन, मुटु सम्वन्धि रोग कम गर्न, कव्जीयत हटाउन र विभिन्न क्यान्सर रोगहरुवाट वच्न समेत सकिन्छ । 

शाकाहारी खाना खाँदा सकभर नुन र चिनी पनि कम खानु राम्रो हुन्छ । शाकाहारी खानाको साथै सलाद जस्तै गाजर, काक्रो, मुला, गोलभेडा आदी इच्छानुसार खाए हुन्छ । शाकाहारी खाना न स्वादिलो हुन्छ, न मिठो हुन्छ, न मन पर्छ यस्तो खाना कसरी खान सकिन्छ भन्ने प्रश्न कसैकसैले गर्लान । हो मांसाहारी खाना खानेवानी परेकाहरु, धेरै चिल्लो र वोसोयुक्त खाना खानु पर्नेहरु, भुटेको र तारेको खाना खान मात्र मन पर्नेहरु र प्रशस्त आइसक्रिम चकलेट केक आदीको स्वाद लिनुपर्नेहरुलाई शाकाहारी खाना खान निकै कठिन हुन्छ । यस्ता स्वादका पारखीहरुले मिल्क चकलेटको वदला एक टुक्रा डार्क चकलेटमा बढीमा २ चम्चा आइसक्रिम राखेर खानसक्छन् । माछामासु खानै पर्नेभए छाला फालेको कुखुराको मासु र राम्रो खालको माछा स्वास्थ्यकर हुन्छ । यस्तो अवस्थामा तारेको भन्दा, ग्रील गरेको वा पकाएको खान सकिन्छ ।

यौनसमस्या मानसिक तनाव, ज्यादै थाकेका, श्रीमान श्रीमतीबीच राम्रो सम्वन्ध नभएका कारण पनि हुन सक्छ । सकभर मानसिक तनाव कम हुने तरिकाहरु अपनाउन र पारिवारीक जीवन सौहार्दपूर्ण बनाउने प्रयास गुर्नपर्छ । यौनसमस्या भएका पुरुषहरुले पहिले त मधुमेह छ छैन वा रगतमा कोलेस्टेरोलको मात्रा वढी छ छैन जाँच गराउँनुपर्छ । यौनसमस्या मानसिक तनाव, ज्यादै थाकेका, श्रीमान श्रीमतीबीच राम्रो सम्वन्ध नभएका कारण पनि हुन सक्छ । सकभर मानसिक तनाव कम हुने तरिकाहरु अपनाउन र पारिवारीक जीवन सौहार्दपूर्ण बनाउने प्रयास गुर्नपर्छ । यौनसमस्या भएका पुरुषहरुले पहिले त मधुमेह छ छैन वा रगतमा कोलेस्टेरोलको मात्रा वढी छ छैन जाँच गराउँनुपर्छ । कोलेस्टेरोल बढी रहेछ भने खानामा विशेष ध्यान दिएमा यसलाई घटाउन सकिन्छ । मदिरापान अत्यधिक गर्ने वा मदिराको लत लागेकाहरुमा पनि यौनसमस्या बढी नै हुन्छ । धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त वढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्नसक्ने शक्ति कम गर्छ । अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्वन्धि रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदी हुन । कुनै रोगको उपचार गराइरहँदा र औषधी सेवन गरी रहँदा यौनसमस्या देखिएको छ भने उपचार गर्ने चिकित्सकसँग आफ्नो समस्या राख्नुपर्छ । परिक्षण गर्दा कुनै स्वास्थ्य समस्या देखिदैन, चुरोट खानु हुन्न, मदिराको लत छैन, कोलेस्टेरोल ठिक मात्रामा छ तै पनि यौनसमस्या छ भने यो साइकोलोजीकल मात्र पनि हुन सक्छ, काल्पनिक डर जस्तै –ममा केहि कमी छ, यौनाङ्गमा खरावी छ कि ? यौन सम्वन्ध राख्न सक्षम छैन, भन्ने लाग्यो भने डरले र चिन्ताले असर पार्छ र यौनसम्वन्ध राख्न असफल हुन सक्छ । यौन सम्वन्ध सफलता पूर्वक राख्नको लागि शारीरिक, मानसिक रुपले स्वस्थ्य, भावनात्मक रुपले सवल, तनावरहित, हतार नभएको, शान्त, सुरक्षित ठाउँ र गोपनीयता आवश्यक हुन्छ । वैवाहिक जीवनमा पति–पत्नीबीच समय समयमा स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्ने मान्यता छ । नेपाली समाजमा यौनबारे भरसक कुरा गर्न नचाहने प्रवृति बढी छ ।
!

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses