loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

चोरको आन्द्रामा नौ तोला सुन


फोटो : खाँदबारी अस्पतालमा गरिएको भिडियो एक्सरे रिपोर्ट । तस्बिरः छेटु शेर्पा

दिसा गर्न लगाएर तीनवटा सिक्री निकालियो

संखुवासभाः भनिन्छ पुलिस भन्दा चोर एक कदम अगाडि हुन्छ । खाँदबारी बजारमा महिलाको सिक्री चोरी गरेपछि लुकाउन चोरले लगाएको आइडियाबारे जान्नुभयो भने तपाई पनि चकित पर्नुहुन्छ ।

बजार भर्न पुगेका महिलाको सिक्री चोर्ने चोर पक्राउ पर्दा पनि सुन नभेटिएपछि प्रहरीले चोरको दिसाबाट नौ तोला सुन निकालेको छ ।

सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन निकालेको हो ।

खाँदबारीको  शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो ।

चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गर्दा बिहीबार आन्द्रामा सुन देखिएको थियो ।

खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री,  दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरले खाएको अनुसन्धानबाट पुष्टि भएका छ ।

बजार भर्न आएका महिलाका घाँटीको सिक्री हराएको उजुरी परेलगत्तै प्रहरीले चोरलाई पक्राउ गरेको थियो ।

संखुवासभाका प्रहरी प्रमुख डीएसपी गौतम कुमार केसीले भने, ‘उजुरी लगत्तै हामी चोर पक्राउ गर्न सफल भयौँ । अनुसन्धान सकारात्मक देखिएको छ ।'

प्रहरीको अनुसन्धान टोलीले खाँदबारीको लभिङ हिलबाट दुईजनालाई पक्राउ गरेपछि फरार दुई जना खराङबाट पक्राउ परेका थिए ।

पक्राउ परेका मध्ये काजनारायण चौधरीले सुन खाएका थिएनन् भने बाँकी तीन जनाले सुन खाएको अनुसन्धानबाट खुलेको हो ।

बजार र भिडभाडमा सुन लुट्ने योजना बनाएर इटहरीबाट को१ज २६५७ नम्बरको रातो रंगको गाडी लिएर यो गिरोह खाँदबारी पुगेको थियो । इटहरीबाट दुई दिनका लागि गाडी लगेको खुलेको छ ।

चोरी आरोपमा पक्राउ परेकाले सुन चोरीको स्वीकार नगरे पछि प्रहरीले एक्सरे गर्न अस्पताल पुर्याएको थियो । एक्सरे रिपोर्टमा नौ तोला दुई आना सुनचोरी गरी खाएको खुलेको हो ।

एक्सरेका क्रममा अमितको पेटको तल्लो भागमा सुनको सिक्री देखिएको थियो भने रमेशको पेटको सानो आन्द्रामा र राजकुमारको ठूलो आन्द्रामा सुन देखिएको थियो ।

प्रहरीसँगको बयानमा चोरले आलुचपमा सुनको सिक्री मिसाएर निलेको स्वीकार गरेका छन् ।

पहाडी क्षेत्रमा लुटेर लगेको सुन भारतीय बजारमा बिक्री गर्ने उनीले बताएका छन् । भारतीय बजारमा २२ हजार रुपैयाँ तोलासम्म सुन बिक्री हुने गरेको उनीहरुले बताएका छन् । अभियुक्तलाई चोरी महलमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses