यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
किम कादर्शियान, निक्की मिनाजको परिचय नै उनीहरुको हिपमा छ । हिपले नै उनीहरुलाई आकर्षक र सेक्सी बनाएको छ । आउनुहोस् किम र निक्कीको जस्तै हिप बनाउने कसरी, जान्नुहोस् :
शारीरिक अभ्यास
सडकमा हिड्ने या दौडने, ट्रेडमिलमा जगिङ गर्ने, साइकल चलाउनेजस्ता अभ्यास गरेमा हिप सुन्दर हुँदैं जान्छ र वृद्धि पनि हुँदैं जान्छ । यसका साथै तौल उठाउने अभ्यास पनि गर्न सकिन्छ ।
पोषक तत्वयुक्त खाना सेवन
शारीरिक अभ्यास गर्ने क्रममा शरीरलाई प्रोटिन चाहिन्छ, यसको अर्थ धेरै प्रोटिन खानुपर्छ भन्ने पनि होइन । धेरै प्रोटिनले थप बल प्राप्त हुँदैंन । बढी प्रोटिनले बरु शरीरलाई असर गर्न सक्छ । अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसका अनुसार एक महिलालाई दैनिक दुईपटक गरी १ सय ७० ग्राम प्रोटिन यथेष्ट हुन्छ । किशोर र सक्रिय वयस्कहरुलाई तीनपटक गरी १ सय ९८ ग्राम चाहिन्छ । यस्तै, रिफाइन गरिएको खाना र सेतो चिनी खानु हुँदैंन । यसको सट्टा खैरो चामलको भात तथा गेडागुडी तथा बदाम खानुपर्छ । हिप बढाउँन क्यालोरीयुक्त खानामा वृद्धि गर्नुपर्छ । तर, यदि पाखुरा, पेट र खुट्टा मोटाएको छ भने क्यालोरी कटौती गर्यो भने तुलनात्मक रुपमा हिप ठूलो देखिन्छ ।
फेसन ट्रिक प्रयोग गरेर
टाइट अथवा प्याडसहितको प्यान्ट लगाउनाले पनि हिप ठूलो देखिएको अनुभूति पर्न सक्छ ।
उपचार विधिमार्फत्
हिप मसाजको विधि प्रयोग गर्न सकिन्छ । तर, वास्तविक रुपमा हिप नबढेपनि यसले अस्थायी रुपमा छालााके टोनमा परिवर्तन ल्याउँन सक्छ । यस्तै, हिप इन्हान्समेन्ट क्रिम पनि बजारमा पाइन्छ ।
सर्जरीमार्फत्
यदि हिप बढाउँने सबै खालका विधि काम लागेनन् भने प्लास्टिक सर्जरीको विधिमार्फत् हिप बढाउँन सकिन्छ । यो विधि महंगो भएपनि स्थायी समाधान भने हो ।
– स्वास्थ्यखबर ।


0 comments
Write Down Your Responses