यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
कुन ब्लड ग्रुपका मानिस हर्टअट्याकको बढी जोखिममा?
एउटा अध्ययनले ‘ओ’ ब्लड ग्रुप भएकाहरुलाई हृदयाघात (हर्टअट्याक) हुने सम्भावना न्यून देखाएको छ।
अनुसन्धानकर्ताले भनेका छन्, ‘ब्लड ग्रुप ए, बी र एबीमा रगत जमाउने प्रोटिनको स्तर बढी हुन्छ, त्यसैले हर्टअट्याक हुने सम्भावना पनि बढी नै हुन्छ।’
अनुसन्धानकर्ताले यो नतिजाबाट कसलाई हर्टअट्याकको सम्भावना धेरै छ भन्ने जान्न मद्दत पुग्ने बताएका छन्। युरोपियन सोसाइटी अफ कार्डियोलोजीको एक सम्मेलनमा यो अध्ययनको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
बेलायतका करिब १३ लाख मानिसमा अध्ययन गरेर निष्कर्षमा पुगेको अनुसन्धानकर्ताहरुले जनाएका छन्। बेलायतमा ब्लड ग्रुप ‘ओ’ सबैभन्दा धेरैमा पाइन्छ। बेलायतमा ‘ओ’ ब्लड ग्रुप भएका ४८ प्रतिशत मानिस छन्।
यसअघि भएका अनुसन्धानबाट ‘एबी’ ब्लड ग्रुप भएकाहरु हर्टअट्याकको जोखिममा रहेको देखिएको थियो।
नेदरल्यान्ड्सको युनिभर्सिटी मेडिकल सेन्टर ग्रोनिनजेनकी शोधकर्ता टेस्सा कोलेका अनुसार ‘ओ’ बाहेकका ब्लड ग्रुपमा हर्टअट्याकको सम्भावना किन बढी रहन्छ भन्ने अझै अध्ययन हुन जरुरी छ। उनले भनिन्, ‘आउने समयमा हर्टअट्याकबाट जोगिनका लागि हुने जाँचमा ब्लड ग्रुपको जानकारी पनि सामेल गर्न सकियो भने डाक्टरलाई उपचार गर्न र बिरामीलाई सचेत हुन सहयोग पुग्नेछ।’
यति हुँदाहुँदै पनि अस्वस्थ जीवनशैली नै हर्टअट्याकको मुख्य कारक हो। शोधकर्ताले भनेका छन्, ‘ओ’ बाहेकका ब्लड ग्रुप अलि बढी हर्टअट्याकको जोखिममा देखिएका हुन्। यसको अर्थ ‘ओ’वालाहरुले सुरक्षित छु भनेर ढुक्क हुनु हुँदैन।’
हर्टअट्याकबाट जोगिन धूमपान छोड्न, स्वास्थ्यबद्र्धक खानेकुरामा जोड दिन र नियमित व्यायाम गर्न अनुसन्धानकर्ताहरुले सुझाएका छन्। बिबिसी
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses