यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
जाडो बढेसँगै काठमाडौं उपत्यकामा स्वाइनफ्लु संक्रमितको संख्या बढ्दो
जाडो मौसम बढेसंगै काठमाडौं उपत्यकामा फेरी स्वाइनफ्लु ‘इन्फ्लुन्जा एचवानएनवान भाइरसको संक्रमण देखा परेको छ । हालसम्म सात जनामा यो भाइरस देखा परेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । १ महिनाको अन्तरालमा हालसम्म ७ जनामा एचवानएनवान पोजेटिभ फेला परेको भन्दै सबैलाई सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । विश्व स्वास्थ्य संगठन डव्लूएचओका अनुसार एचवानएनवान भाइरस मौसमी रुघाखोकीको रुपमा रहेको छ ।
सन २००९ बाटै यसलाई साधारण रुघाखोकीको रुपमा लिदै आएकोमा नेपालमा अघिल्लो बर्ष केही व्यक्तिको ज्यान समेत गएपछि सर्वसाधारणहरुले अहिले यसलाई डरलाग्दो रोगको रुपमा हेर्ने गरेका छन् । तर जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा गीता शाक्यले भने सामान्य सतर्कता अपनाउन सके अहिले देखिएको इन्फ्लुन्जा ए भाइरल त्यति ठूलो प्रकोप नरहेको बताउँनुभयो ।यो भाइरस जाडो शुरु हुने र सकिने बेलामा बढी सक्रिय हुने भएकाले काठमाडौं उपत्यकामा चिसो बढेसंगै फेरी सक्रिय भएको उहाँले बताउँनुभयो । बाइट
टेकुस्थित प्रयोगशालामा शंकास्पद १०–१२ जनाको दैनिक रुपमा एचवानएनवानको परीक्षण हुने गरेको छ । रोगप्रतिरोधी क्षमता कम भएका र गर्भवती महिलाहरुमा यसको जोखिम उच्च रहने भएकाले चिकित्सकहरुले रुघा खोकी लागेको व्यक्तिले मास्कको प्रयोग गर्न र भिडभाडमा नजान सुझाव दिएका छन् । यस्तै चिसोबाट बच्न न्यानो कपडा लगाउने,झोलिलो तातो कुरा बढी खाने र भीडभाडमा धेरै नबस्ने र सरसफाइमा ध्यान दिन सकियो भने अहिलेको इन्फ्लुएञ्जबाट सजिलै बच्न सकिने चिकित्सकहरु बताउँछन् । त्यसैले रोग लागेर अस्पताल धाउँनु भन्दा रोगै लाग्न नदिन बुद्धिमानी मानिन्छ । यसका लागि खाँचो छ त मात्र तपाई हाम्रो आफ्नै थोरै सतर्कता ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses