यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
नेपालमै पहिलोपल्ट क्यान्सर विरुद्ध खोप दिइने
चितवन– नेपालमै पहिलोपल्ट चितवन र कास्कीमा एकसाथ महिलामा मात्र हुने पाठेघरको मुखको क्यान्सर बिरुद्ध एचपीभी खोप सुरु गरिने भएको छ । चितवन र काँस्की जिल्लालाई पाइलट प्रोजेक्टको रुपमा छानिएपछि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप तथा परीक्षण कार्यक्रम संचालन गर्न लागिएको हो ।दुई जिल्लाका १० वर्ष उमेरका किशोरीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखा र परिवार स्वास्थ्य महाशाखाको संयुक्त पहलमा खोप दिन कार्यको थालनी गरिने भएको हो । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप तथा परीक्षण कार्यक्रम सञ्चालन निर्देशिका समेत तयार भइसकेको छ ।
बालस्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार विद्यालय जाने कक्षा ६ मा अध्ययनरत विद्यार्थी र विद्यालय बाहिरका १० वर्ष उमेरका बालिकालाई यो खोप दिइने छ । खोप कार्यक्रम पौष १६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिने भण्डारीले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको सञ्चारकर्मीहरुलाई अभिमुखिकरण तथा अन्तक्र्रिया गोष्ठीमा दिइएको जानकारी अनुसार चितवन जिल्लाका आठ हजार बालिकालाई यो खोप दिइनेछ ।
बालस्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार विद्यालय जाने कक्षा ६ मा अध्ययनरत विद्यार्थी र विद्यालय बाहिरका १० वर्ष उमेरका बालिकालाई यो खोप दिइने छ । खोप कार्यक्रम पौष १६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिने भण्डारीले जानकारी दिए ।
२० जनासम्म छात्रा भएका विद्यालयमा १ खोप केन्द्र, नगरपालिकास्तरमा ४० जनासम्म छात्रा भएका विद्यालयमा १ खोप केन्द्र र विद्यालय बाहिरका छात्राको लागि स्वास्थ्य संस्थामा १ दिन खोप केन्द्र संचालन गरिने कार्यक्रम रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजार भन्दा बढी महिलाहरुको पाठेघरको मुखको क्यान्सरको कारणले मृत्यु हुने गरेको तथ्यांक छ । उक्त तथ्यांकमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख र अल्पविकसित देशहरुमा मात्रै हुन्छ । सन् २०१२ को तथ्यांक अनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको भएको पुष्टि भएको थियो । तीमध्ये दुई लाख ६६ हजार महिलाको मृत्यु भएको थियो ।
३५ देखि ६४ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेकाबताइन्छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमध्ये ढिलो उपचारमा आउने कारण ५० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ ।
खोपको प्रभावकारिता र सफलतालाई हेरेर आगामी वर्षदेखि ७५ वटा जिल्लामा विस्तार गरिने कार्यक्रम रहेको पनि कोईरालाले जानकारी दिए ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses